२०८३, २५ आश्विन सोमबार

बलात्कारीका लागि कठोर कानून बनाउनुपर्छ – उपसभामुख

बलात्कारीका लागि कठोर कानून बनाउनुपर्छ – उपसभामुख


काठमाडौँ, १६ भदौ:उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले अहिलेकै अवस्थामा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ महिला विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले जस्तोसुकै अवस्थामा पनि नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुने गरी विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अभिसन्धिमा नेपालले हस्ताक्षर गरेको सन्दर्भमा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने स्पष्ट पार्नुभयो ।

“बलात्कारीलाई मृत्युदण्डको माग गरेर अहिले जतिसुकै आन्दोलन गरे पनि नेपाल विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा रहुन्जेल बलात्कारीलाई मृत्युदण्ड हुने कानून निर्माण गर्न सकिँदैन तर सङ्घीय संसद्ले महिला हिंसामा संलग्नलाई भने कठोर कानून बनाएर कारवाही गर्ने छ”, उहाँले भन्नुभयो ।

आजै दृष्टिविहीन कल्याण समितिको साधारणसभालाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाङ्फेले अपाङ्गता भएकाको अधिकार रक्षाका लागि सरकारसँगै सम्वन्धीत निकाय नै गम्भीर हुनुपर्छ भन्नुभयो । उहाँले सीमित स्रोत र साधनका बीच नेपालमा अपाङ्गता भएका व्यक्तिले आफ्नो गुजारा चलाउने गरेको बाध्यताप्रति चासो व्यक्त गर्दै अपाङ्गताको अधिकारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : ३८ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र