२०८३, २५ आश्विन सोमबार

नेपाल किन आए राहुल गान्धी ?

नेपाल किन आए राहुल गान्धी ?


काठमाडौं, भदौ १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पशुतिनाथ क्षेत्रमा धर्मशाला उद्घाटन गर्नुभन्दा एक घन्टाअघि भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आए। बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका मोदीलाई पछ्याउँदै पशुपतिनाथ र मानसरोवर दर्शनका लागि राहुलबाट भएको यो यात्रा संयोगमात्र होइन। भारतमा धर्मको मुद्दा जोडतोडले उठिरहँदा हिन्दु धर्मको पवित्र तीर्थस्थल दर्शनक्रममा राहुलको काठमाडौं यात्रा अर्थपूर्ण छ।

भारतमा सन् २०१९ मेभित्र हुने १७ औं लोकसभा चुनावको तयारी भइरहँदा त्यहाँ धर्मको विषयले निकै महत्व पाइरहेको छ । हिन्दुवादी नेताको परिचय बनाएका प्रधानमन्त्री मोदीले सन् २०१४ मा भएको १६औं लोकसभाको चुनावमा हिन्दु धर्मावलम्बीको मतले जित हासिल गरेको विश्लेषण भारतभित्र र बाहिर भइरहेको छ। भारतीय जनता पार्टीले लोकसभाका लागि भएको चुनावमा इतिहासमै नपाएको सफलतासहित बहुमत पाएको थियो। मोदीले धर्म संस्कृति रक्षाको मुद्दालाई प्राथमिकतामा राखेका थिए। धर्म निरपेक्षको विचार बोकेको विपक्षी कंग्रेस आईलाई धर्म विरोधीका रुपमा मोदीले चित्रण गर्दै आएका छन्। यसबाट मोदीलाई फाइदा पुगिरहेको छ। राहुल भाजपाको यही अस्त्रलाई निस्तेज पार्न चाहन्छन् । राहुललाई कंग्रेस आईका तर्फबाट आगामी प्रधानमन्त्रीका रुपमा हेरिएको छ।

पछिल्लो समय राहुलले भारतका हिन्दु धर्मावलम्बीको भीड लाग्ने मन्दिरहरूको दर्शन गरेका छन्। हिन्दुत्वको मुद्दा राहुलले अवश्य बोक्दैनन् तर, उनी हिन्दु धर्मप्रति आस्थावान भएको सन्देश प्रवाह गर्नैपर्ने बाध्यात्मक अवस्थामा छन् । मोदी मुक्तिनाथसम्म पुग्दा राहुल त्यसभन्दा माथि चढेर कैलाश मानसरोवर पुग्दैछन्। हिन्दु धर्मशास्त्रमा मानसरोवर भगवान् शिवको बासस्थान भनिएको छ। पशुपतिनाथ हिन्दु धर्मावलम्बीको प्रमुख तीर्थस्थलमध्येको हो। चीनको स्वाशासित क्षेत्र तिब्बतस्थित धार्मिक तीर्थस्थल मानसरोवर भ्रमण गरेर राहुलले हिन्दु धर्ममा आस्था राख्ने भारतीयलाई धर्मप्रति आफ्नो श्रद्धा र विश्वास रहेको सन्देश दिन खोज्दैछन्।
– नागरिक

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : ४८ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र