२०८३, ८ बैशाख बुधबार

सुन तस्करी र सनम शाक्य मुद्दाको पेसी एउटै बेन्चमा

सुन तस्करी र सनम शाक्य मुद्दाको पेसी एउटै बेन्चमा


विराटनगर , भदौ १५ :प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ । अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेपछि उच्च अदालतले बिहीबार सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकेको छ ।

अदालत र कानुन व्यवसायीको छलफलपछि अलगअलग इजलासमा तोकिँदै आएको सुन तस्करी र सनम हत्या मुद्दाको सबै पेसी बिहीबार २ नम्बर इजलासमा तोकिएको थियो । तर, सरकारी वकिलले पेसी स्थगित गराएकाले मुद्दामा सुनवाइ हुन पाएन ।

बार एसोसिएन मोरङ, सुनसरी र उच्च बार एकाइ विराटनगरले १२ भदौमा उच्च अदालतका न्यायाधीश र प्रशासनसँग अन्तरक्रिया गरी २२ बुँदे सुधारपत्र बुझाएका थिए । सुधारपत्रलाई आधार मान्दै अदालतको जनआस्थालाई ख्याल गर्दै कानुन व्यवसायी र न्यायाधीशबीच द्वन्द्व न्यूनीकरण गर्ने छलफल भएको थियो । छलफलपछि ७ भदौदेखिको अघोषित बेन्च बहिष्कार १३ भदौबाट हटाएका थिए । बिहीबारदेखि कानुन व्यवसायीले नियमति बहस थालेको उच्च अदालत बार एकाइका सचिव मेदनीप्रसाद सेढार्इंले बताए ।
– नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ७ : ३४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले