२०८३, १३ भाद्र आईतबार

यसपटक पनि बुद्धिस्ट सर्किटको चर्चा, भारतको यस्तो रुचि

यसपटक पनि बुद्धिस्ट सर्किटको चर्चा, भारतको यस्तो रुचि


काठमाडौं, भदौ १५ : विगतमा झैं यसपटकको बिमस्टेक सम्मेलनमा पनि बुद्धिस्ट सर्किटको अवधारणाले आवश्यक भन्दा बढी चर्चा पाएको छ । बुद्धिस्ट सर्किटको योजना कार्यान्वयन गर्न सम्मेलनलाई उपयोग गर्ने धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका छन् । त्यसै गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसपटकको सम्मेलनले बुद्धिस्ट सर्किटलाई आकार दिने लक्ष्य राखेको बताएका छन् ।

भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल बुद्धमार्गीका लागि महत्वपूर्ण गन्तव्य रहेको छ । भारतमा बुद्धको ज्ञानप्राप्ति तथा महापरिनिर्वाण भएको सन्दर्भमा बुद्धिस्ट सर्किटको अवधारणा यहाँका लागि उपयुक्त रहेको छ । बिमस्टेकका सदस्य राष्ट्र श्रीलंका, थाइल्यान्ड र म्यानमार बौद्धमार्गी राष्ट्र हुन् । ती राष्ट्रका नागरिकलाई नेपालमा आकर्षित गर्न सक्ने हो भने देशको पर्यटन क्षेत्रले लाभ लिन सक्छ । बुद्धिस्ट सर्किटको अवधारणा यसपटक पनि सतही चर्चामा मात्र सीमित हुने त होइन ? भन्ने चिन्ता पनि ब्यक्त गरिएको छ ।

बुद्धिस्ट सर्किटको चर्चा
वितेको केही बर्षदेखि ‘बुद्धिस्ट सांस्कृतिक सर्किट’ का प्रस्तावले अन्तर्राष्ट्रिय महत्वको सम्मेलनताका सधैं चर्चा हुने गरेको पाइएको छ । बुद्धिस्ट सांस्कृतिक सर्किटको प्रस्तावले चार वर्षअघि राजधानीमा भएको सार्क सम्मेलनमा पनि चर्चा पाएको थियो ।

म्यानमारमा भएको तेस्रो बिमस्टेक सम्मेलनमा तत्कालीन स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाले लुम्बिनी, बोधगया, कुशिनगर र चीनको तीर्थस्थललाई समेटेर बुद्धिस्ट सर्किट बनाउनु पर्नेमा जोड दिएका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको लुम्बिनीलाई केन्द्रबिन्दु गरेर चीन र भारतका तीर्थस्थल समेट्ने गरी बुद्धिस्ट सर्किट बनाएर पर्यटन विकासको ठूलो सम्भावना रहेको भन्दै त्यसको लविङ समेत गरेका थिए । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा ग्रेटर लुम्बिनी कमिटी नै गठन भएको थियो ।

भारतको रुचि
२०७१ साउन १८को पहिलो नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी दर्शन गर्ने इच्छा अधुरो रहेको भन्दै भारतको बोधगया, सारनाथ, कुशीनगर र नेपालको लुम्बिनीलाई मिलाएर बुद्धिस्ट सांस्कृतिक सर्किटको अवधारणा अघि सारेका थिए ।

सोही वर्ष मंसिर १० मा प्रधानमन्त्री मोदी नेपाल आउँदा लुम्बिनी भ्रमण गर्नुभई बुद्धिस्ट सर्किट बनाउने अवधारणालाई थप उर्जा प्रदान गरेका थिए । विशेषतः भारतले बोधगया, सारनाथ र कुशीनगरसँग जोड्ने गरी करिब सात सय किलोमिटर क्षेत्र समेटेर बुद्धिस्ट सर्किट बनाउने कामलाई तीव्रता दिइरहेको छ ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ६ : ५३ बजे

बाढी प्रभावित क्षेत्रमा फिरिरीको १० लाखभन्दा बढीको राहत सहयोग

काठमाडौं । नेपाली युवाहरूले स्थापना गरेको डिजिटल कम्पनी फिरिरी भेन्चर्सले

शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

काठमाडौं । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन

संकटमा उद्धार, राहत र महिला संवेदनशीलता

विपद् आएपछि सबैभन्दा पहिले मानिसलाई खाना, पानी र बस्ने सुरक्षित

रसुवाको बाढीपहिरोबारे एमाले महासचिव पोखरेलले ओलीलाई बुझाए स्थलगत प्रतिवेदन

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवामा गएको बाढीपहिरोबाट भएको

सुनाए बाढीबाट ज्यान जोगाउँदाको भयावह अनुभव

‘अगाडि जान सकिन, पछाडि भीषण बाढी थियो’ नुवाकोट । रसुवाको