२०८२, २१ असार शनिबार

प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण

प्रतिष्ठानद्वारा ६० स्रष्टालाई परिचयपत्र वितरण


काठमाडौ, १४ भदौ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले प्रतिष्ठित श्रेणीका ६० स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गरेको छ । प्रतिष्ठानले यहाँ आज आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज स्रष्टा कलाकारलाई परिचयपत्र वितरण गर्नुभयो ।

परिचयपत्र प्राप्त गर्नेमा प्राज्ञ आलोकश्री, भरत नेपाली, चेतनारायण राई, शकुन्तला प्रधान, हरिबहादुर थापा, शान्तिराम राई, यज्ञराज उपाध्याय, बाबा बस्नेत, वसन्तप्रसाद भट्टलगायत छन् ।

सो अवसरमा मन्त्री अधिकारीले साहित्य, कला, सङ्गीत र नाटक मौलाउँदा सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई पूरा गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै कलाकारलाई परिचयपत्र प्रदान गर्नु भनेको देशलाई सांस्कृतिक रुपमा धनी बनाउनु हो भन्नुभयो ।

प्रतिष्ठानका कुलपति सरुभक्तले विविध समस्या भए पनि प्रतिष्ठानले सङ्गीत र नाट्य विधाको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धनलगायत अध्ययन अनुसन्धान तथा प्रदर्शनमूलक गतिविधि गर्दै आएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  १० : ०३ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न