२०८३, २१ श्रावण शुक्रबार

झाँक्री हत्याको आरोपमा २४ जना थुनामा

झाँक्री हत्याको आरोपमा २४ जना थुनामा


धादिङ, १२ भदौ : जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले आज जानकारी दिनुभयो ।

हत्यामा सङ्लग्न दुई जना अझै परार रहेको बताइएको छ । टुनामुना गरी गाउँवासीलाई दःुख दिएको आरोपमा ६० वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही स्थानका नरुङ तामाङलाई गाउँलले कुटपिट गरी हत्या गरिएको थियो । कुटपिटबाट मृत्यु भएका दुबैजनालाई गाउँलेले साउन ५ गते जलाएका थिए । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले साउन ७ गते उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएको थियो ।

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  ९ : २६ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार