२०८३, ९ कार्तिक सोमबार

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा शुक्रवार धर्मशालाको उद्घाटन हुने

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा शुक्रवार धर्मशालाको उद्घाटन हुने


काठमाडौँ, १२ भदौ: नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सम्पन्न भएको छ । विसं २०५८ मा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रदामोदरदास मोदीले यही भदौ १५ गते शुक्रबार संयुक्तरुपमा गर्नुहुने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिनेछ । तिलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ८२ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा ३९८ श्यया रहेकाले एकैपटक ३९८ तीर्थयात्री बस्न सक्नेछन् । यसले गर्दा नेपालको धार्मिक एवम् आध्यात्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको कोषका सदस्यसचिव ढकालले राससलाई जानकारी दिनुभयो ।

धर्मशालाको निर्माणपछि निम्नवर्ग र निम्नमध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ । हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई सहुलियतमा स्तरीय धर्मशालाको व्यवस्था नहुँदा महँगा होटलमा बस्न बाध्य हुने गरेका छन् । शुक्रबार उद्घाटन भएलगत्तै धर्मशाला सञ्चालन गर्ने विधि बनाउन कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रमुख दुर्गादत्त ढकाललगायत सदस्य हुनुहुन्छ । धर्मशालामा शाकाहारी खानाका साथै बस्ने व्यवस्था हुनेछ ।

विसं २०५८ देखि विभिन्न व्यक्तित्वले चारपटक धर्मशालाको शिलान्यास गर्नुभएको थियो । जसमा शङ्कराचार्य जयन्द्र सरस्वती र राष्ट्रियसभाका पूर्वअध्यक्ष बेनीबहादुर कार्कीलगायत हुनुहुन्थ्यो । धर्मशाला निर्माणको ठेक्का रमण÷लामा जेभीले पाएको थियो । नेपाली शैलीमा निर्माण भएको धर्मशालामा मल्लकालीन रातो इँटा ‘दचि अपा’ को प्रयोग गरिएको कोषले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ भाद्र मंगलबार  ७ : २२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि