२०८३, २६ बैशाख आईतबार

झापामा जीप दुर्घटनामा एकको मृत्यु, चारजना घाइते

झापामा जीप दुर्घटनामा एकको मृत्यु, चारजना घाइते


बिर्तामोड, भदौ ११ । झापामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत् झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कारपियो जीप अनियन्त्रित भइ सडकमा नै पल्टँदा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारकाक्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर–१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेका छन् । घाइतेहरुको बीएन्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ७ : १६ बजे

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे

पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, शुभेन्दु अधिकारी बने मुख्यमन्त्री

पश्चिम बंगाल मा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको

दाङमा वनको काठ विवाद : बञ्चरो प्रहारबाट एक जनाको हत्या

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनको काठ लिने विषयमा