२०८३, २९ असार मंगलबार

यसै थन्किन्छन् निगमका जहाज, पाइलट बहाना मात्रै !

यसै थन्किन्छन् निगमका जहाज, पाइलट बहाना मात्रै !


काठमाडौं, भदौ ११: नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ- पाइलटै छैन। अन्नपूर्णलाई प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ।

ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला (एम ६०) र चारवटा साना (वाई १२) छन्। निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो मात्रै उडाउने गरेको छ भने चारवटा ग्राउन्डेड छन्।

त्यसैगरी ३० वर्षअघिको ट्वीनअट्टर विमान पनि साउन १८ देखि एयरपोर्टमा ग्राउन्डेड छ। कुनै बेला १२ वटासम्म रहेका ट्वीनअट्टर अहिले तीनवटा मात्र बाँकी छन्। बाँकी दुईमध्ये पनि एउटा उडे अर्काे उड्दैनथ्यो। मुलुकको अति दुर्गम क्षेत्रलाई जोड्ने यी जहाजलाई पनि निगमले पाइलट नभएको भन्दै थन्काइरहेको छ।

निगमसँग ट्वीनअट्टर उडाउने पाइलट १० जना छन्। यीमध्ये आईआर गुरुङ, पी शेर्पा, एम विष्ट, यू सिलवाल र एमबी तुम्बाहाङ्फे पाइलट हुन् भने एमबी शाही, आरके रौनियार, के थापा, बी प्याकुरेल र ए आर्या को-पाइलट छन्। ट्वीनअट्टर उडाउने पाइलटमध्ये गुरुङ, श्रेष्ठ र विष्ट तारा एयरलाइन्सबाट करारमा मासिक १०-१० लाख रूपैयाँ तिरेर ल्याइएको हो। जहाज बन्द गराएर ती पाइलटलाई निगमले तलब मात्र खुवाइरहेको छ।
-अन्नपुर्णपोष्ट

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ७ : ०३ बजे

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका