२०८३, १४ श्रावण शुक्रबार

लिसंखु-पाखर गाउँपालिका प्रदेश नम्बर ३ कै पहिलो आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा

लिसंखु-पाखर गाउँपालिका प्रदेश नम्बर ३ कै पहिलो आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा


सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिकालाई आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको छ ।  पालिकाको कार्यालय अत्तरपुरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई आधारभुत शिक्षा सुनिश्चित घोषणा गरिएको उपप्रमूख हेमगंगा मोक्तानले जानकारी दिइन् ।

लिसंखु पाखर गाउँपालिका प्रदेश नम्बर ३ मा पहिलो र देशभरमा सातौँ नम्बरमा आधारभुत शिक्षा सुनिश्चित पालिकाको रुपमा पर्न सफल भएको छ । ७ वटा वडा रहेको यस पालिकाभित्रका ४ देखि १३ वर्ष उमेर समूहका कोहि पनि बालबालिका विद्यालय बाहिर नभएपछि प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले आधारभुत शिक्षा सुनिश्चित भएको घोषणा गरेका हुन । मन्त्री दुलालले प्रदेशभित्रका जिल्लामा लिसंखु पाखर गाउँपालिकाले पूरा गरेको यो लक्ष्यको प्रशंसा गर्दै अन्य स्थानीय तहहरुले समेत उदाहरण सिक्नुपर्नेमा जोड दिए । ‘यो प्रदेशकै शानको विषय हो, उनले भने ‘भर्ना भएका बालबालिकालाई टिकाई राख्न योजना बद्ध ढंगले काम गर्नोस्, त्यसमा प्रदेश सरकारको सहयोग रहनेछ ।’

पालिकाभित्र ११ माध्यामिक र १६ वटा आधारभूत विद्यालय रहेका छन् । ती विद्यालयहरुमा २५ सय ५८ जना बालबालिका अध्ययनरत रहेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख अशोक पराजुलीले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा रहेका ५ जना बहु अपांगता भएका बालबालिकाको बैकल्पिक पठनपाठनको लागि समेत ब्यवस्था मिलाइएको छ । पालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको सुचना दिनेलाई पुरस्कार समेत दिने गरी १५ दिने सुचना जारी गरेको थियो । त्यो अवधिमा पनि बालबालिका विद्यालय बाहिर रहेको कुनै वडा र विद्यालय सेवा क्षेत्रभित्रबाट सुचना प्राप्त नभएको शाखा प्रमूख पराजुलीले बताए ।

गाउँपालिकाका प्रमूख कमल नेपालले भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न ठोस कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । ‘पालिकाभित्र फरक क्षमता भएका बालबालिका र सामान्य बालबालिकाहरुलाई छुट्टा छुट्टै भागमा विभाजन गरेर विद्यालय टिकाई राख्ने योजना बनाएका छौँ, उनले भने ‘अझै पनि कतै कोहि बालबालिका विद्यालय जानबाट छुटेका छन् भने खबर गर्नोस्, हामी तत्कालै उचित सम्बोधन गर्छौँ ।’गाउँपालिकाका प्रमूख नेपालले गुणस्तरीय शिक्षाका लागि पालिका सधै कटिबद्ध रहेको भन्दै शैक्षिक वातारण निर्माणका लागि जुट्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमूख कृष्ण गोपाल तामाङ, बलेफी गाउँपालिका प्रमूख केदार क्षेत्री लगायत, पालिकाभित्रका शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो । आधारभुत शिक्षा सुनिश्चित गराउने अभियानमा सहभागि विभिन्न ब्यक्ति, संघसंस्थालाई पालिकाले सम्मान समेत गरेको थियो । कार्यक्रममा सहभागि विद्यालय ब्यवस्थापन समिति, अभिभावक, शिक्षकहरुले पालिकाभित्रका विद्यालयहरुमा उचित वातावरणमा पठनपाठन गर्ने र बालबालिकालाई विद्यालय नछाड्ने अवस्थाको सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ११ : ५० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा