२०८३, २५ आश्विन सोमबार

सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा छ : मन्त्री बाँस्कोटा

सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा छ : मन्त्री बाँस्कोटा


काठमाडौँ, ७ भदौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र खुला समाजमा कहीँकतैबाट काँडाले छुन नसक्ने बताएका छन् । नेपाल विज्ञापन सङ्घले आज काठमाडोंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जननिर्वाचित वर्तमान सरकारका कारण लोकतन्त्र र प्रजातन्त्र खतरा पर्छ भन्नु दिवास्वप्न भएको स्पष्ट पारे।

एक प्रसङ्गमा उन्ले देवानी र फौज्दारी संहिता संसद्बाट सहमतिमा नै तयार भएको र वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताउँदै यसलाई लिएर सरकारको विरोध गर्नाको कुनै औचित्य नभएको बताए । नयाँ संहिताले प्रजातन्त्र र लोकतन्त्र कसरी खतरामा पर्छ, कसरी सङ्कुचन गर्छ भन्ने प्रश्न गर्दै मन्त्री बाँस्कोटाले संहिताले नयाँ सामाजिक विधि र मूल्य स्थापित गर्ने बताए ।

“पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार रहेको छ, विगतका वाक् तथा प्रेस स्वतन्त्रताका पक्षमा लडेका नेता सरकारका हुनुहुन्छ, यस्तो अवस्थामा सरकारको शासक बन्ने सोच छैन”, मन्त्री बाँस्कोटाले भने। उनले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विश्वका कुनै मुलुकभन्दा कम नरहेको उल्लेख गर्दै उहाँले नयाँ विज्ञापन ऐनअन्तर्गत ‘क्लिन फिड’ प्रणाली लागू हुने जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ९ : ५३ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका