२०८३, २३ आश्विन शनिबार

आफ्नै आमाको कुटाइबाट छोरीको मृत्यु

आफ्नै आमाको कुटाइबाट छोरीको मृत्यु


भद्रपुर, ६ भदौ : आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ७ : ०९ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि