२०८३, १८ आश्विन सोमबार

प्रधानमन्त्रीलाई ब्यग्य गदै व्यङग्य गदै फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रे रोशी गाउँपालिकाका वडा सचिव पक्राउ

प्रधानमन्त्रीलाई ब्यग्य गदै व्यङग्य गदै फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रे रोशी गाउँपालिकाका वडा सचिव पक्राउ


काठमाडौं, ५ भदौ । फेसबुकमा कार्टुन सेयर गर्दा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेका हौं’ उनले भने । नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो ।

सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।

सिग्देलले सेयर गरेको कार्टुन

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ७ : १९ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा