२०८३, ६ जेष्ठ बिहीबार

विमानमा अनियमितता, ९ करोड ९० लाख अमेरिकी डलर क्षतिपुर्ति !

विमानमा अनियमितता, ९ करोड ९० लाख अमेरिकी डलर क्षतिपुर्ति !


काठमाडौँ, भदौ ५ : विमान उत्पादक एयरबसले अष्ट्रियालाई बेचेका विमानमा ‘अनियमितता’ भएको पाएपछि ९ करोड ९० लाख अमेरिकी डलर क्षतिपूर्ति भरेको छ।सन् २००३ मा बेचेका युरोफाइटर विमानबारे लामो अनुसन्धान भयो। अन्ततः मूल्य बढी लिएको र ढिला गरेको पाइयो। र, १५ वर्षपछि गत फेब्रुअरीमा उसले उक्त रकम क्रेतालाई तिरेको थियो। यत्रो क्षतिमा ‘राजनीतिक बिचौलिया’ को हात थियो।

यो प्रकरण नेपाल एयरलाइन्सका पछिल्ला दुई ‘वाइड-बडी’ जहाज खरिद प्रक्रियासँग मिल्दोजुल्दो छ।नेपाल एयरलाइन्सले पनि यस्तो बिचौलिया प्रयोग गरेको छ, जसले धेरै विषयमा एकलौटी सम्झौता गरेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार उत्पादक एयरबसमा सोझै मूल्य बुझ्ने र घटाउने गरिएको छैन।विज्ञहरूका अनुसार सामान्यतः एयरबसले आफ्नो वेबसाइटमा राखेको मूल्यसूचीमा कम्तीमा ५० प्रतिशत छुट दिने गर्छ। कुनै अवस्थामा त ७० प्रतिशतसम्म छुट मिल्छ।

अस्ट्रियाको प्रकरणमा त्यहाँका ६० हजार जनताले अनियमिताको आशंका गर्दै छानबिनका लागि हस्ताक्षर गरेका थिए। नेपाल एयरलाइन्सले भने महालेखाको प्रतिवेदनसमेत ढाकछोप गर्दै सार्वजनिक सूचनामार्फत ‘अनियमितता’ को खण्डन गरिरहेको छ।‘अनियमितता भएको समाचार मिडियामा आइरहेका छन्। महालेखाले प्रस्टै देखाएको छ’, महालेखाका एक उच्च अधिकारी भन्छन्, ‘त्यसलाई ढाकछोप गर्न संस्थाकै खर्चमा विज्ञापनको बाढी लगाइएको छ। यो अर्को अख्तियार दुरुपयोग हो।’
-अन्नपुर्ण पोष्ट

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ६ : ४८ बजे

हुम्ला-बाजुरा सीमा विवाद: राजमार्ग अवरुद्ध, संसदमा कडा प्रश्न

काठमाडौं । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद पुनः चर्किँदा

संसद बैठकमा निर्वाचनदेखि विकास वित्तसम्मका विधेयक पेश हुने

काठमाडौँ । प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे सिंहदरबार

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अमेरिका-पश्चिमलाई चुनौती दिने नयाँ धुरी ? गहिरिँदै चीन-रूस सम्बन्ध

काठमाडौं । विश्व राजनीतिमा नयाँ शक्ति समीकरण तीव्र रूपमा देखिन

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा