२०८३, ४ श्रावण मंगलबार

बसले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ८ घाइते

बसले टेम्पोलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ८ घाइते


महोत्तरी, भदौ ४ । महोत्तरी जिल्लाको बर्दिबासमा सोमबार सवारी–साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अरु ८ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट नारायणगढ जाँदै गरेको मे१ख २५३७ नम्बरको यात्रीबाहक बसले ज१ख ११२६ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पोचालक बर्दिबास नगरपालिका वडा नम्बर–५ बस्ने ५० वर्षीय होमबहादुर लोप्चनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।घाइतेको बर्दिबासस्थित शुभ तथा जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ७ : ४५ बजे

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित

काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोल्यान्डको पाँचौँ राष्ट्रिय अधिवेशनबाट

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय