२०८३, ३ आश्विन आईतबार

बीमा गराउने भन्दा माग दाबी बढी

बीमा गराउने भन्दा माग दाबी बढी


चितवन, ४ भदौ : सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार गराएर माग दाबी गर्नेको सङ्ख्या एक लाख ८९ हजार ९९४ पुगेको छ । जिल्लामा बीमा गराउनेमध्ये सबैको माग दाबी छैन । अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्ला बाहिरबाट चितवनमा उपचार गराउन आउनेको सङ्ख्या बढी देखिएको छ ।

नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन् । कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी बीमा माग दाबी गर्ने चितवन मेडिकल कलेज रहेको छ । पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बीमा गर्ने बिरामी खासै नजाने देखिएको छ । सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बीमा माग दाबी गरेको छैन । मेडिकल कलेजले अहिलेसम्म एक लाख एक हजार ८० को बीमा माग दाबीको निवेदन पठाएको छ । सबैभन्दा कम मनकामना अस्पतालले ४४३ को बीमा माग दाबी गरेको छ । भरतपुर अस्पतालले ३७ हजार ६६५, रत्ननगर बकुलहर अस्पताल रत्ननगरले १४ हजार १०५, भरतपुर आँखा अस्पतालले १२ हजार ६७ को माग दाबी गरेका छन् ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुरले १० हजार ५१८, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीले ६ हजार ५९३, बघौडा अस्पताल माडीले दुई हजार १९, जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीले तीन हजार ७१, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले एक हजार ४८७ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ९४३ जनाको बीमा माग दाबी गरेको कार्यालयले जनाएको छ । दुई मेडिकल कलेजसहित दुई दर्जन निजी अस्पताल, सरकारी स्तरको भरतपुर अस्पताल, क्यान्सर अस्पताललगायतका स्वास्थ्य संस्था रहेकाले बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउनेको संख्या धेरै रहने गर्दछ जसले गर्दा चितवनमा बीमा बापतको रकम माग दाबी गर्नेको सङ्ख्या बढी देखिएको भट्टराईले बताउनुभयो । जिल्लामा गत वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  १ : ०६ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका