२०८३, ८ कार्तिक आईतबार

“सरकारले विस्तारै गति लिँदै गएको छ, केही महिनामा नै उत्कृष्ट नतिजा देखिन्छ”: नेता पाण्डेय

“सरकारले विस्तारै गति लिँदै गएको छ, केही महिनामा नै उत्कृष्ट नतिजा देखिन्छ”: नेता पाण्डेय


काठमाडौँ, ३ भदौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डेयले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सरकार लागेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले ६ महिनाको अवधिमा यातायात क्षेत्रको सिन्डिकेट अन्त्यदेखि सुन तस्करीको छानबिनमा उत्कृष्ट प्रगति गरेको बताउनुभयो । “नागरिकको प्रतिव्यक्ति आय र कृषि क्षेत्रमा पाँच वर्षमा दोब्बर हुने गरी सरकारले काम गरिरहेको छ,”–उहाँले भन्नुभयो ।

पूर्वमन्त्री पाण्डेयले वर्तमान केपी शर्मा ओलीको सरकारका ६ महिना सफल र उल्लेख्य रहेको उल्लेख गर्नुभयो । “सरकारले विस्तारै गति लिँदै गएको छ, केही महिनामा नै उत्कृष्ट नतिजा देखिन्छ,”–उहाँले भन्नुभयो । नेपाली काङ्ग्रेसका नेता डा नारायण खड्काले अघिल्लो सरकारले गरेका कामलाई वर्तमान सरकारले उपलब्धिका रुपमा लिएको बताउनुभयो । “केही नयाँ कामहरु गरे पनि धेरै कामहरु अघिल्लो सरकारले थालेका कामको निरन्तरता हो,” उहाँले भन्नुभयो । सरकार आफ्नो काममा अलमलिएको उहाँको भनाई थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता वृशेषचन्द्र लालले वर्तमान सरकारलाई राजपाले विश्वासको मत दिए पनि सरकारले संविधान संशोधन र मधेशमा देखिएका समस्या समाधानमा ध्यान नदिएको बताउनुभयो । “सरकारले संविधान संशोधन, मधेशका मुद्दा, आदिवासी, दलित, थारुका समस्या नकार्न खोजेको छ,” उहाँले भन्नुभयो । सङ्घीयता बलियो बनाउनका लागि सबैलाई मिलाएर लैजाने दायित्व वर्तमान सरकारको भएको उहाँको भनाइ थियोे ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ९ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना