२०८३, १५ कार्तिक आईतबार

एअरगन र ३४ राउन्ड गोलीसहित विक पक्राउ

एअरगन र ३४ राउन्ड गोलीसहित विक पक्राउ


बाँके, भदौ ३ : नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जाजरकोट, भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय अमृत विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले एकथान एअरगन र सोको ३४ राउन्ड गोलीसहित विकलाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाकाबाट एअरगनसहित विकलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।जाँचकाक्रममा विकको साथबाट हतियार बरामद भएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

यस्तै, जाजरकोट, भेरी नगरपालिका–९ कै १६ वर्षीय दीपक विकको साथबाट पनि प्रहरीले फलामको साङ्लो बरामद गरेको छ । उनीहरु दुवैलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ३५ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने