२०८२, २१ असार शनिबार

काठमाडौं उपत्यकामा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध

काठमाडौं उपत्यकामा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध


काठमाडौं, ३ भदौ : प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ । आजको कारोबारले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले राजधानीको सडक डुकाटी मोटसरसाइकलको गति धान्न सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहेका कारण यसको प्रयोगमा रोक लगाइएको स्पष्ट पारे ।

‘१ हजार २ सय सीसीसम्मका यी मोटरसाइकल चलाउन सक्ने पूर्वाधार नै छैन ।’ एसएसपी पन्तले भने, ‘१ हजार २ सय सीसीसम्मका यी मोटरसाइकललाई सञ्चालन गर्न दिने हो भने आम नागरिकको हित विपरीत हुन्छ ।’ डुकाटी लगायतका बुलेट मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको भन्दै सर्वसाधारणले महाशाखामा त्यस्ता सवारी सञ्चालनमा रोक लगाउन माग गर्दै दर्जनौं लिखित तथा मौखिक उजुरी समेत दिएका छन् ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ८ : ४५ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न