२०८३, २९ आश्विन शुक्रबार

टोलटोलमा प्रहरी अभियान, लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक

टोलटोलमा प्रहरी अभियान, लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक


काठमाडौँ, २ भदौ लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले शनिबार आयोजना गरेको ‘टोलटोलमा प्रहरी अभियान–२०७५’ मा प्रहरी र नागरिक समाज मिले मात्र समाजमा घट्ने घटनालाई न्यूनीकरण गर्न सकिने बताइएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजमा हुने अपराध रोकथाम गर्न नागरिक समाजको उत्तिकै उत्तरदायित्व रहने बताउनुभयो । “अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले टोलटोलमा प्रहरी अभियानलाई सार्थक बनाउन नागरिक सहकार्य र समन्वयको आवश्यता भएको बताउँदै नागरिक समाजको विश्वास जितेर मात्र समाजमा हुने विकृति तथा विसंगति निर्मूल पार्न सकिनेछ भन्नुभयो ।

सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठले समाजमा शान्तिसुरक्षाको चुनौती थपिँदै गएको अवस्थामा नागरिक समाजको सहयोगमा शान्तिसुरक्षा कायम गर्न सहज हुने बताउनुभयो । सामुदायिक सेवा केन्द्र घट्टेकुलाका अध्यक्ष टङ्क श्रेष्ठ, काठमाडौँ परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशी, सिंहदरबार वृत्तका प्रमुख काजीकुमार आचार्य, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हिरालाल तण्डुकार लगायतले समाज सुधारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १० : ०४ बजे

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२ रुपैयाँ ४० पैसा, पाउन्ड २०२ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका

हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।