२०८३, २६ बैशाख आईतबार

राष्ट्रपति भण्डारी स्वयम्भूमा, पुनर्निर्मित सम्पदाको अवलोकन

राष्ट्रपति भण्डारी स्वयम्भूमा, पुनर्निर्मित सम्पदाको अवलोकन


काठमाडौँ, २ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको आज निरीक्षण गर्नुभएको छ । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पु¥याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको हो । विश्व सम्पदामा सूचीकृत ती सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले पूजाआजा पनि गर्नुभएको थियो । उहाँले सम्पदाको पुनःनिर्माण सम्पन्न गरेकामा सरोकार भएका सबैलाई धन्यवादसमेत दिनुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न भएका सम्पदाका बारेमा उल्लेख गर्दैे राष्ट्रपतिको सम्पदा निर्माणप्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताउनुभयो । “हामी केही समयभित्रै पाटन कृष्णमन्दिरको पनि पुनःनिर्माण सम्पन्न गर्दैछौँ । पशुपति क्षेत्रका केही सम्पदा निर्माण सम्पन्न भएको र केही निर्माणका क्रममा रहेका छन् । ती छिट्टै सम्पन्न हुन्छन्”, मन्त्री अधिकारीले भन्नुभयो ।

आगामी दुई वर्षभित्रै सबै सम्पदाको पुनःनिर्माण सकिने मन्त्री अधिकारीको भनाइ थियो । अनन्तपुर र प्रतापपुर करीब रु तीन करोड ११ लाख लागतमा पुनःनिर्माण भएको हो । अरु सम्पदाहरु नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनःनिर्माण भएका हुन् । पूर्णरुपमा क्षति भएका र केही आंशिक क्षति भएका गरी १७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ९ : ५० बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे