२०८३, २७ आश्विन बुधबार

खेल क्षेत्रको विकास जरुरी छ : गृहमन्त्री थापा

खेल क्षेत्रको विकास जरुरी छ : गृहमन्त्री थापा


काठमाडौँ, २ भदौ: गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउनुभएको छ । नेपाल शरीरिक सुगठन महासङ्घद्वारा आज आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताउँदै मुलुक समृद्ध बनाउन खेल क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले खेल क्षेत्रमा रहेका सस्याको समाधान गरी आवश्यक नीति तथा कानून सरकारले बनाउने प्रतिबद्धता जनाउनुभयो । नेपाल अहिले विकासको चरणमा रहेको उल्लेख गर्दै उहाँले युवा र खेल क्षेत्र जोडेर मुलुको विकास गर्न सकिने स्पष्ट पार्नुभयो ।

खेल कूटनीतिमार्फत विश्वका धेरै देशको सम्बन्ध सुधार भएको बताउँदै उहाँले टेबलटेनिस खेलबाट अमेरिका र चीनको सम्बन्ध सुधार भएको प्रसङ्ग उल्लेख गर्नुभयो । “पछिल्लो समय खेकूदकै माध्यबाट उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धसमेत सुधार भएको हामीले देखेका छौँ”, उहाँले भन्नुभयो । प्रतियोगिताअन्तर्गत ५५ केजी तौल समूहमा आभाष प्याकुरेल, ६० केजीमा गौरव श्रेष्ठ, ६५ केजीमा आशिष धेवाजु, ७० केजी समूहमा सञ्जीव श्रेष्ठ ७५ मा मरिचमान लामा र ७५ केजीमाथि उमेश राई च्याम्पियन बने । महिलातर्र्फ पम्फा राईले उपाधि जितिन् । विजेतालाई मन्त्री थापाले प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ९ : १७ बजे

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम