२०८३, १८ आश्विन सोमबार

ट्याङ्करले ठक्कर दिँदा युवकको मृत्यु

ट्याङ्करले ठक्कर दिँदा युवकको मृत्यु


पर्सा, २ भदौ : वीरगञ्जको इनर्वामा आज अपराह्न भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १६ इनर्वामा रहेको मितेरी पुलमा ट्याङ्करले ठक्कर दिँदा बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर निवासी २० वर्षीय विनयराज गुप्ताको मृत्यु भएको हो ।

रक्सौलमा रहेको भारतीय आयल कर्पोरेसनबाट इन्धन लिइ वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख ५५५१ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको लु२४प ६८८६ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेका गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक गुप्ताको शव परीक्षणका लागि वीरगञ्जको नारयाणी उपक्षेत्रीय अस्पताल राखिएको छ । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : ०६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय