२०८३, १७ आश्विन आईतबार

डाक्टर शोभा ढुङ्गानले नारायणहिटी नारायणस्थान सार्वजनिक गरे

डाक्टर शोभा ढुङ्गानले नारायणहिटी नारायणस्थान सार्वजनिक गरे


काठमाडौँ, २ भदौ नारायणहिटी नारायणस्थानको परिचयसम्बन्धी पुस्तक, वृत्तचित्र र वेभसाइड शनिबार सार्वजनिक गरिएको छ । लेखक डा शोभा ढुङ्गानको उक्त कृतिको संस्कृति विद् प्रा डा जगमान गुरुङ र साहित्यकार श्यामदास वैष्णबले आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्नुभयो ।

उक्त पुस्तकमा नेपालमा वैष्णब धर्मको उत्पत्ति र विकास, नारायणस्थानको ऐतिहासिक मूल्यमान्यता र महत्व, मन्दिरको कला र वास्तुकला, नित्यपूजा, पर्व र जात्रा, नारायणहिटी धाराको ऐतिहासिकता लगायतको विषयवस्तु र तस्वीर समेटिएका छन् ।

सार्वजनिक कार्यक्रममा प्रा डा गुरुङले आठौँ शताब्दीमा निर्माण गरिएको नारायणहिटीमा रहेका चार नारायण विश्वसम्पदा सूचीमा सूचीकृत अमूल्य निधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणहिटी क्षेत्रका महालक्ष्मी, नारायणस्थान र अजिमको ठूलो धार्मिक महत्व छ । भगवान्को भक्ति गर्ने मान्छेलाई नै शक्ति प्राप्ति हुन्छ । विश्वमै नेपाल धार्मिक पर्यटकको प्रशस्तै सम्भावना बोकेको मुलुक हो ।”

डा विणा पौडेलले ‘नारायणहिटी नारायणस्थान’ नामक पुस्तकमा समेटिएको विषयवस्तु तथ्यपरक सामग्रीमा आधारित भएकाले पुस्ताबाट यो क्षेत्रको ऐतिहासिक महत्वसम्बन्धी प्राप्त जानकारी हासिल गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।

पूर्वशिक्षा सचिव शङ्करप्रसाद पाण्डेले रहनसहन, चाडपर्व, भाषा, प्रकृति, संस्कृति र साहित्य भनेको सम्पत्ति भएको हुँदा यसको माध्यमबाट मुलुकलाई समृद्धिमा लैजाने प्रशस्तै सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रकृति र संस्कृति जोगाउनुपर्छ, यी हाम्रा गौरव हुन् ।” पुस्तकका प्रकाशक प्रद्युम्न मिश्र, लेखक ढुङ्गाना र नारायण मन्दिरका पूर्वपूजारी हरिदास वैष्णबले परिचय नारायणहिटीको रहे पनि नारायण मन्दिरको दैनिक पूजाअर्चना पनि भक्तजनको सहयोग मागेर चलाउनुपर्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गर्नुभयो ।

उक्त नारायण स्थानमा भाद्र कृष्ण नवमीमा विशेष जात्रा लाग्दै आएको छ । उक्त मन्दिरको दर्शन र पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने तथा छालासम्बन्धी रोग हटेर जाने जनविश्वास रहेको भक्तजन बताउँछन् ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ६ : १२ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला