२०८३, ३१ भाद्र बिहीबार

तराइमा सर्पदंशका बिरामी बढ्दै,दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी

तराइमा सर्पदंशका बिरामी बढ्दै,दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी


राजविराज, २ भदौ तराई क्षेत्रमा गर्मी बढेसँगै अबिरल परेको वर्षाका कारण जिल्लाको विभिन्न खोला र नदीमा पानी पसेपछि अहिले सर्पदंशका बिरामी बढ्दै गएका छन् ।

पछिल्लोपटक सर्पको डसाइबाट सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सय जनाभन्दा बढी प्रभावित भएको छ । वर्षासँगै खोलानाला र नदीमा पानी पसेपछि सर्प बस्ने ठाउँ नभएको तथा बाढी पहिरोसँगै पहाडी जिल्लाबाट भागेर आएका सर्पका कारण पनि जिल्लामा अहिले सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ ।

वर्षापछि जिल्लाको शहरी तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने स्थानीयवासी सर्पको डसाइबाट प्रभावित बनेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको अञ्चल अस्पतालमा अहिले दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारको लागि आउने गरेको अस्पतालका प्रमख चुमनलाल दासले बताउनुभयो । “सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अस्पतालमा उपचारको लागि आउने बिरामी थपेकाले अहिले श्ययाको अभाव भएको छ” उहाँले भन्नुभयो । अस्पतालको सघन उपचार कक्षमा २५ श्यया रहेकाले दैनिक बिरामीको सङ्ख्या बढेपछि यहाँ राख्ने ठाउँको अभाव भएको प्रमुख दासले बताउनुभयो ।

खासगरी अहिले जिल्लाको विभिन्न ठाउँमा गर्मी बढेपछि तराई–मधेसमा देखिने गोमन, हरहारा, ढोरियालगायत बिषालु सर्प जताततै देखा पर्न थालेको राजविराज–३ का उमेश यादवले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १२ : ५४ बजे

सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा