२०८२, ३ माघ शनिबार

तराइमा सर्पदंशका बिरामी बढ्दै,दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी

तराइमा सर्पदंशका बिरामी बढ्दै,दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी


राजविराज, २ भदौ तराई क्षेत्रमा गर्मी बढेसँगै अबिरल परेको वर्षाका कारण जिल्लाको विभिन्न खोला र नदीमा पानी पसेपछि अहिले सर्पदंशका बिरामी बढ्दै गएका छन् ।

पछिल्लोपटक सर्पको डसाइबाट सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सय जनाभन्दा बढी प्रभावित भएको छ । वर्षासँगै खोलानाला र नदीमा पानी पसेपछि सर्प बस्ने ठाउँ नभएको तथा बाढी पहिरोसँगै पहाडी जिल्लाबाट भागेर आएका सर्पका कारण पनि जिल्लामा अहिले सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ ।

वर्षापछि जिल्लाको शहरी तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने स्थानीयवासी सर्पको डसाइबाट प्रभावित बनेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको अञ्चल अस्पतालमा अहिले दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारको लागि आउने गरेको अस्पतालका प्रमख चुमनलाल दासले बताउनुभयो । “सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अस्पतालमा उपचारको लागि आउने बिरामी थपेकाले अहिले श्ययाको अभाव भएको छ” उहाँले भन्नुभयो । अस्पतालको सघन उपचार कक्षमा २५ श्यया रहेकाले दैनिक बिरामीको सङ्ख्या बढेपछि यहाँ राख्ने ठाउँको अभाव भएको प्रमुख दासले बताउनुभयो ।

खासगरी अहिले जिल्लाको विभिन्न ठाउँमा गर्मी बढेपछि तराई–मधेसमा देखिने गोमन, हरहारा, ढोरियालगायत बिषालु सर्प जताततै देखा पर्न थालेको राजविराज–३ का उमेश यादवले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १२ : ५४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको