२०८३, २४ श्रावण सोमबार

सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य

सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य


काठमाडौं, भदौ २ : सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । आजको राजधानी दैनिकमा छापिएको समाचारअनुसार, त्यसका लागि जनशक्ति पनि खडा गरेको छ ।सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल सञ्चालनका लागि ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गरेको छ ।

कार्यविधिले सबै सरकारी निकायले फेसबुक, ट्विटरमा खाता खोलेर प्रयोगमा ल्याउनुपर्ने तथा सामाजिक सञ्जाल सञ्चालन गर्न आवश्यक जनशक्ति खटाउन सकिने व्यवस्था गरेको छ ।कार्यविधिअनुसार सरकारी निकायले जनतासँग संवाद बढाउन तथा सरकारका सूचनाहरू तीव्र गतिमा आदान-प्रदान गर्न र जनगुनासाहरू शीघ्र सम्बोधन गर्न समाजिक सञ्जाल एकाउन्ट खोल्ने उल्लेख छ ।

अकाउन्ट तथा पेज सञ्चालनपछि पेजमा आउने सन्देश र सूचनाहरूको नियमित तथा दैनिक अवलोकन गर्नुपर्ने, आवश्यकताअनुसार उचित जवाफ दिनुपर्ने, संवेदनशील र शीघ्र निकास लिनुपर्ने विषयमा निकायगत नेतृत्वलाई जानकारी गराएर उपयुक्त निर्णय लिई सोको जानकारी सार्वजनिक गर्नु पर्नेछ ।अहिले प्रधानमन्त्री कार्यालयले हेलो सरकार नामक ट्विटर अकाउन्ट सञ्चालन गरेर गुनासा तथा सुझाव लिने गर्दै आएकामा अब सबै सरकारी निकायबाट सुझाव तथा गुनासा लिन सरकारले कार्यविधिमा नै व्यवस्था गरेको हो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : ५९ बजे

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री