२०८२, २२ जेष्ठ बिहीबार

नेपालको समृद्धिका लागि सूचना प्रविधि आवश्यक, भित्र मध्यपहाडी जिल्लाहरुमा अप्टिकल फाइबर जडान गरिने स् प्रधानमन्त्री

नेपालको समृद्धिका लागि सूचना प्रविधि आवश्यक, भित्र मध्यपहाडी जिल्लाहरुमा अप्टिकल फाइबर जडान गरिने स् प्रधानमन्त्री


काठमाडौ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी अवार्डले नयाँ सम्भावना प्रदान गरेको उल्लेख गर्दै सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने बताउनुभयो । विकासका हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग गरिने बताउँदै उहाँले मुलुकमा सुशासन स्थापनाका लागि सूचना प्रविधि माध्यम महत्वपूर्ण छ भन्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिभिङ विथ आइसिटीको तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ वितरण गर्नुभयो । उहाँले विभिन्न आठ विधामा आइसिटी अवार्ड प्रदान गर्नुभएको हो । आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिलाई, आइसिटी प्रडक्ट अवार्ड इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफाईलाई र आइसिटी पायोनियर अवार्ड मर्कन्टाइल कम्युनिकेशन्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सञ्जीव राजभण्डारीलाई प्रदान गरिएको छ । यसैगरी डिजिटल गभर्नेन्स अवार्ड नेपाल प्रहरीलाई र आइसिटी मिडिया अवार्ड नागरिक दैनिकका पत्रकार सन्तोष न्यौपाने तथा नयाँपत्रिकाका पत्रकार गोपाल साउदलाई प्रदान गरिएको छ ।

सो अवसरमा मन्त्री बाँस्कोटाले सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउनेतर्फ सरकार अग्रसर भएको उल्लेख गर्दै यो अवार्डले सूचना क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो । आइसिटी क्षेत्रको विकास र विस्तारका लागि रचनात्मक गतिविधि आवश्यक रहेको पनि उहाँले बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारी, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीलगायतले सरकारले सूचना प्रविधिलाई उच्च महत्व दिई काम गरिरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  १० : ५८ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक