२०८३, २० आश्विन बुधबार

हुम्लामा बाढी पहिरोबाट १८ घरमा क्षति, क्षतिको यर्थात तथ्यांक आउन बाँकी

हुम्लामा बाढी पहिरोबाट १८ घरमा क्षति, क्षतिको यर्थात तथ्यांक आउन बाँकी


हुम्ला, १ भदौ : अविरल वर्षाका कारण हुम्लाका विभिन्न गाँउपालिकामा घरजग्गालाई क्षति भएको छ । साउन १ गतेदेखि निरन्तर परेको पानीले सिमिकोट गाउँपालिकामा नौ घर, नाम्खा गाउपालिकामा चार, खार्पुनाथ गाउपालिकामा दुई, सर्केगाड गाउपालिकामा तीन गरी १८ घरमा वर्षाले क्षति पु¥याइएको जनाएको छ । विभिन्न गाउँपालिकाबाट क्षतिको यर्थात तथ्यांक आउन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयले तत्काल १८ घर परिवारलाई प्रति व्यक्ति रु तीन हजार ९१६ का दरले रु सात लाख पाँच हजार वितरण गरेको कुरा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी हुम्लाले आफ्नो शाखा र उपशाखा कार्यालयमार्फत बाढी पीडितलाई तत्काल लत्ता कपडा, भाँडाकुँडा, कम्बल र पाललगायत सामग्री वितरण गरेको शाखाका मन्त्री छेपाल दोर्जे लामाले बताउनुभयो ।

यसैगरी अविरल वर्षाका कारण उत्तरी सिमामा पर्ने सिमिकोट गाउँपालिका¬–७ स्थित कैलाश माध्यमिक विद्यालय डाँडाफायाको दुई कोठा भत्किएको छ भने अन्य भवनहरुमा चर्किएर क्षति भएकाले विधालयमा पठनपाठन अवरुद्ध भएको शिक्षक बाचबहादुर विकले बताउनुभयो ।
–––

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ६ : ५८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको