२०८३, २४ श्रावण सोमबार

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर


काठमाडौँ, ३१ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेका बताउनुभएको छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक–सामाजिकलगायत विविध क्षेत्रमा निरन्तर सहयोग जारी रहेको बताउनुभयो ।

कृषि, रेलसेवा, जलमार्गजस्ता क्षेत्रमा साझेदारी गर्दै पारस्परिक सम्बन्ध अघि बढिरहेको तथा विगतका समझादारी र सम्झौताको प्रभावकारी कार्यान्वयनलाई पनि केन्द्रमा राखेर काम भइरहेको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल–भारतबीच समाधान हुन बाँकी मूलभूत विषयलाई आगामी सेप्टम्बरभित्र सम्बोधन गर्न दुवै पक्षले सघन ढङ्गले आवश्यक काम गरिरहेका छन् ।” नेपाल–भारत सम्बन्धका समग्र पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न गठिन प्रबुद्ध व्यक्ति समूहले चाँडै आफ्नो प्रतिवेदन बुझाउने र त्यसले २१ औँ शताब्दी सुहाउँदो द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गराउन सुझाव दिने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको स्वतन्त्रता सङ्ग्राममा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र उहाँका नेपाली समकक्षी केपी शर्मा ओलीको भारत यात्राबाट दुई देशीय सम्बन्ध अत्यन्त प्रगाढ बनेको बताउनुभयो ।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्रीद्वय पशुपति शम्शेर जवरा र रामशरण महत, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भारत सरकार र त्यहाँका जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ९ : २५ बजे

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री