२०८३, १४ कार्तिक शनिबार

स्थानीय तहमा १४३४ स्वास्थ्यको दरबन्दी थप्ने तयारी

स्थानीय तहमा १४३४ स्वास्थ्यको दरबन्दी थप्ने तयारी


काठमाडौं, साउन ३१ :स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो । मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषद्मा पुगेको छ ।

मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरबन्दी मिलाएको छ । कम्तीमा २५ हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा एकजना स्वास्थ्यकर्मीको प्रस्ताव गरिएको छ । २५ हजारभन्दा बढी जनसंख्या भएकामा दुईजना, ५० हजारदेखि एक लाखसम्म जनसंख्या भएको तहमा तीनजना र सोभन्दा बढी जनसंख्या भएका तहमा चारजना स्वास्थ्यकर्मी राख्ने तयारी छ ।

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ६ : ३५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा