२०८३, २७ आश्विन बुधबार

सुत्केरीलाई डोजर भरोसा !

सुत्केरीलाई डोजर भरोसा !


काठमाडौं, साउन ३१ : जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो । सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयार थाले । तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलार्य स्वास्थ्यचौकी लैजाने निधो भयो ।

तर जने कसरी ? झरी रोकिएको थिएन । ग्रामीण सडक हिलाम्मे थियो । सवारीसाधान चल्न छाडेको धेरै भएको थियो । व्यथाले च्याप्दै लगेकाले पिठयुँमा बोकेर लैजाँदा पनि ढिला हुन्थ्यो । यस्तै अप्ठेरोम स्थानीय मिलन श्रेष्ठको डोजर काम लाग्यो । बर्ष दिनअघि मिलनले किनेको डोजर सुत्केरी व्यथाले छटपटाउँदै गरेकी शान्तिका लागि वरदान साबित भयो ।

साँझ ७ बजे मनगाउँबाट हिँडेका उनीहरु राति १० बजे शैलुंगेश्वरको भैँसेबजारमा रहेको स्वास्थ्यचौकी पुगे । राति नै स्वास्थ्यचौकीकी अनमी सावित्रा पुलामी मगरले सुरक्षित तरिकाले शान्तिलाई सुत्केरी गराईन । शान्तिले छोरी जन्माईन । छोरी बाकेर मंगलबार बहान मिलनकै डोजरमा उनी घर फर्किइन ।
-नागरिकदैनिक

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ६ : १७ बजे

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 

एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको

कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ

प्रधानमन्त्री बालेनको ‘सरप्राइज’ काभ्रे भ्रमण, पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिकस्थल

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण