२०८२, २७ असार शुक्रबार

गुम्बाविहार पुनःनिर्माणको माग

गुम्बाविहार पुनःनिर्माणको माग


काठमाडौँ, ३० साउन : भूकम्पले भत्किएका गुम्बा÷विहारको पुनः निर्माण छिटो गर्न माग गर्दै आज यहाँ प्रदर्शन गरियो । नेपाल गुम्बा÷विहार महासङ्घको नेतृत्वमा भएको प्रदर्शन भृकुटीमण्डप–भद्रकाली–शहीदगेट–नेपाल वायु सेवा निगम–जमल–घण्टाघरहुँदै शान्तिवाटिकामा पुगेर सम्पन्न भयो ।

भूकम्पले भत्किएका एक हजार ३२० गुम्बा÷विहारको सर्वेक्षण गरिएकामा ८९५ पुनः निर्माण गर्नुपर्ने प्रतिवेदन तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले सार्वजनिक गरेको थियो ।

यसैगरी ३३१ गुम्बा÷विहारको मर्मतसम्भार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रदर्शनमा बौद्ध धर्मगुरु, गुम्बा÷विहारका अधिकारी लगायतको सहभागिता थियो । ¥यालीपछि आयोजित कार्यक्रममा पूर्वमन्त्रीत्रय दिलमान पाख्रिन, परशुराम तामाङ र आङछिरिङ शेर्पाले गुम्बा÷विहार र आदिवासी जनजातिलाई सरकारले फरक व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभयो ।

महासङ्घका अध्यक्ष सोम्वले तामाङ र महासचिव रामेश्वर ढकालले छिटो पुनः निर्माणको योजना सार्वजनिक नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गर्नुभयो । गत वर्ष महासङ्घले नै आन्दोलन गरेर गुम्बा÷विहारको सर्वेक्षण भएको थियो । एकाईले महासङ्घसँग छबुँदे सम्झौता गरी पुनः निर्माण गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको महासङ्घले जनाएको छ । -रासस

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ७ : २२ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत