२०८३, २४ श्रावण सोमबार

उखु किसान अनशनमा

उखु किसान अनशनमा


कपिलवस्तु, ३० साउन: कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् । आव ०७१÷७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन् ।

कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका छैनन् । कपिलवस्तुमा मात्रै करीब रु दुई करोड ५० लाख रकम किसानले पाउनुपर्ने भए पनि अझै पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो । अनुपकुमार चौधरी शिवराज नगरपालिका–७ का वडा अध्यक्षसमेत हुनुहुन्छ ।

अनशनमा अध्यक्ष चौधरीसहित रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरिनारायण चौधरी र बलराम पाण्डेलगायत छन् । अन्य जिल्लाका किसानले अनुदानको रकम पाए पनि कपिलवस्तुका किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ६ : १५ बजे

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री