२०८३, ३० आश्विन शनिबार

जनताको कर, जनप्रतिनिधिको रजाइँं

जनताको कर, जनप्रतिनिधिको रजाइँं


नेपालगन्ज, साउन ३०: रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष खर्कबहादुर पुनले वडाका सडक निर्माणमा यसपालि आफ्नै डोजर प्रयोग गरे । वडामा मात्र नभएर सिंगो गाउँपालिकाबाट यो विषयमा गुनासो आयो । तर, सरोकारवालाले कुनै हस्तक्षेप गरेनन् । कारण गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन स्वयंले डोजर भाडामा लिएर घुमाउरो बाटोबाट काम गरिरहेका थिए । स्थानीयका अनुसार माडी गाउँपालिकामा कतिपय जनप्रतिनिधिले असारअघि आफैं डोजर भाडामा ल्याइसकेका थिए।

थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर र माडी गाउँपालिका अध्यक्ष नन्दबहादुरले विकास निर्माणका काममा आफन्तमार्फत डोजर सञ्चालन गरेका हुन् । उता गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले पनि यसपालि विकास निर्माणमा आफ्नै डोजर प्रयोग गरे । विवाद आएपछि उनले स्थानीय चुनाव हुनुअघिदेखि नै डोजर रहेको तर चुनाव जितेपछि अरूलाई दिएको बताए । सडक, पुल, भवनलगायत संरचना बनाउन डोजर प्रयोग गर्दा कम्तीमा तीनवटा डोजर कम्पनी वा मालिकबीच प्रतिस्पर्धा गराउनुपर्छ । तर, व्यवहारमा आफूखुसी गरिएको छ।
-नागरिक दैनिक

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ९ : ३० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा