२०८३, ४ श्रावण मंगलबार

अब खोला तर्दा पनि कर

अब खोला तर्दा पनि कर


धनगढी, साउन ३०:  स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ ।

अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, साइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ र सामानको प्रतिबोरा १५ रुपैयाँ कर लिने निर्णय गरिएको छ । उपमानगरपालिकाका लेखा अधिकृत लेखनाथ ओझादे एक खोला एक घाटको १२ हजार रुपैयाँमा ठेक्का भइसकेको र अरु प्रक्रियामा रहेको बताए । धनगढी उपमहानगरपालिकाभित्र तीन चार दोलामा एक दर्जन घाट छन् । प्रत्येक घाटमा ठेकेदार परिचालन हुनेछन् ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ७ : ४१ बजे

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित

काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोल्यान्डको पाँचौँ राष्ट्रिय अधिवेशनबाट

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, थप छलफलपछि मात्रै निष्कर्ष

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय