२०८३, १५ आश्विन शुक्रबार

‘सोल्टी’ र ‘मितिनी’लाई काठमाडौँ पठाइयो

‘सोल्टी’ र ‘मितिनी’लाई काठमाडौँ पठाइयो


रत्ननगर, २९ साउन : सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई आज काठमाडाँै पठाइएको छ । रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै आज साँझ गौँंडालाई काठमाडाँै पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो ।

गैँडालाई साउन ३१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गाे विमानमा राखी चीन पठाइने जनाएको छ । अगाडी पछाडि सेनाको गाडीले स्कटिङ गरी यहाँबाट उक्त गैँडा काठमाण्डौँ लगिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा संरक्षणकर्मी सहभागी रहेको गैँडा लाने टोलीको नेतृत्व ढकालले नै गर्नुभएको छ ।

अहिले राखिएको गैँडामध्ये पोथी(मितिनी)लाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको थियो भने सोल्टी चाँहि अघिल्लो वर्ष बाढीले बगाएपछि भारतीय सिमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको गैँडा हो । यी दुबै गैँडालाई साङघाई सफारी पार्कमा लगेर राखिने छ । गएको चैत २८ गते चीनलाई उपहार पठाइएको ‘रुपसी र भद्र’ नामको एक जोडी गैँडा हाल चिमे लङ सफारी पार्कमा रमाइरहेको जनाएको छ ।

सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैँडा उपहार दिइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । एकसिङ्गे गैँडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार सरकारले विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैँडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुई चोटी गरेर अमेरिकालाई छ वटा गैँडा उपहार दिइसकेको छ । यसैगरी नेपालले सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा दुई, दुई वटाका दरले कुल १० गैँडा उपहारस्वरुप पठाइसकेको छ ।

थाइल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि दुई, दुई वटाका दरले गैँडा पठाइएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन् । नेपालमा भने हाल गैँडाको संख्या ६४५ छन् ।

गैँडासँगै पशुचिकित्सक र प्राविधिक पनि जाने
गैँडाको रेखदेखका लागि पशुचिकित्सक र वन्यजन्तु प्राविधिकको टोलीसमेत चीन जाने भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक डा अमिर षडौला, चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य प्राविधिक हर्कमान लामा, ओमप्रकाश चौधरी र रमेश दराई गैँडासँगै चीन जाने भएका हुन् । उनीहरुमध्ये षडौला र पाण्डे १० दिन र अरु १५ दिन चीन बस्ने छन् । उनीहरु पनि आज गैँडासँगै काठमाडौँ गएका हुन् ।

गैँडाको स्वास्थ्य चेकजाँचसँगै बानी पार्न र चिनिया प्राविधिकलाई रेखदेखका लागि सिकाउन उनीहरु चीन जान लागेको कोषका सौराहा प्रमुख रामकुमार अर्यालले जानकारी दिनुभयो । यसअघि भद्र र रुपसीसँग वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा किरण रिजाल, तिर्थ लामा, दिपु चौधरी र विनोद दराई चीन गएका थिए । उनीहरु स्वदेश फर्किसकेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ८ : ५१ बजे

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण