२०८३, १४ कार्तिक शनिबार

मोदी नेपाल आउँदै

मोदी नेपाल आउँदै


काठमाडौं, साउन २९ । नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले नेपाल भारतको प्राथमिकतामा परेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी चौथोपटक नेपाल आउन लागेको जानकारी दिएका छन् ।मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आउँदो भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेक सम्मेलनका लागि मोदी नेपाल आउने बताए ।

सोक्रममा प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए ।भारतले तराईमा हुलाकी राजमार्ग निर्माणका लागि थप ४० करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिँदै उनले जलविद्युत् आयोजना, रेलमार्ग, विराटनगर र वीरगन्जमा थप बन्दरगाह निर्माणमा पनि भारतले सघाउने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारत र नेपालबीच ‘अम्रेला एग्रीमेन्ट’ आवश्यक रहेको भन्दै त्यसे हुनसके सिँचाइ, खानेपानी र जलविद्युत्मा सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ६ : ५० बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा