२०८३, १६ आश्विन शनिबार

नेपालमा दुई हजार ३०० जातका धान

नेपालमा दुई हजार ३०० जातका धान


ललितपुर, २९ साउन: नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता पाइएको हो । स्थानीय जातका बीउ हराउन नदिन धानको बीउ संकलन गर्दै आएको केन्द्रमा वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत र हाइब्रिडको प्रयोग बढ्दै गएकाले स्थानीय जातका धान हराउन नदिन हामीले बीउ संकलन गरेका हौं ।” जैविक विविधताको संरक्षणका लागि केन्द्रले सात वर्षदेखि बीउ संकलन र संरक्षण गर्दै आएको छ । संकलन भएकामध्ये सबैभन्दा बढी नेपालको प्रमुख बालीका धान छन् ।

धानका स्थानीय जातमा भएका विशेष गुण ल्याएर उन्नत जात विकास गर्नका लागि बीउ संरक्षण गरिएको जाकारी दिँदै वैज्ञानिक घिमिरेले भन्नुभयो, “स्थानीय जातमा भएका कतिपय विशेष गुणलाई अर्काे जातसँग क्रस गरेर पनि नयाँ जात विकास गर्न पनि सकिन्छ ।” “धानका यी बीउमध्ये कतिपय केन्द्रमा कार्यरत कर्मचारीले विभिन्न स्थानबाट सङ्कलन गरेर ल्याएका हुन् भने कतिपय स्थानमा रहेका बीउ संकलन केन्द्रबाट पनि नयाँ जात भेटिएपछि हामी ल्याउँछौं । कतिपय जागरुक किसान आफैँले बीउ जोगाइरहन सकिदैँन भन्ने चिन्ताले संरक्षणका लागि केन्द्रमा बीउ ल्याउने गरेका छन् । ” उहाँले बताउनुभयो ।

नेपालमा झण्डै ३० किसिमका धानका उन्नत बीउ विकास भएको छ । उन्नत जात थोरै किसिमका भए पनि यसले ठूलो क्षेत्रफल ओगटेको छ । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । कतिपय जातका बीउ भने किसानले रोप्न छाड्दै जाँदा लोप हुने अवस्थामा पुगेका छन् । केन्द्रले बीउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको छ । वैज्ञानिक घिमिरेले भन्नुभयो, “हामीले किसानले चाहदा यहाँ संकलन भएका बीउ किसानलाई थोरै परिमाणमा दिने गरेका छौं ।”

धानका बीउमा धेरै खालका विविधता छ । नेपालमा एउटै जिल्लाभित्र पनि फरक खालको हावापानी भएकाले ती स्थानमा फरक–फरक जातका धान पाइन्छन् । एउटै व्यक्तिको खेतमा समेत लाग्ने धानमा विविधता पाइने उहाँले बताउनुभयो । खेतको माथिल्लो गरामा भन्दा तल्लो गरामा फरक हावापानी हुनसक्छ । माथिल्लो गराबाट पानी तल्लो गरामा पुग्दा बिचमा पानी तात्ने हुँदा पनि धान फरक–फरक खालको फलेको पाइएको छ । उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र यस्को भात खाँदा भोक नलाग्ने र कपिय त बास्नादार पनि हुन्छ । कतिपय चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएकाले पनि किसान आफैंले यी बीउलाई निरन्तरता दिइरहेका छन् ।

नार्क अन्तर्गतकै बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली धानका स्थानीय जातमा रहेका विषेश गुणका कारण तिनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “भविष्यमा उन्नत जातका बीउमा रोगको प्रकोप आए स्थानीय जातका धान लगाउन सकिन्छ ।” किसान बढी उत्पादन लिनका लागि उन्नत र हाइब्रिडमा अकर्षित भइरहेका छन् । केन्द्रले १३० जातका एघार हजार भन्दा बढी स्थानीय जात संकलन गरेको छ । कृषि वनस्पति महाशाखाले झण्डै ५० वर्षदेखि संकलन गरेको बीउ केन्द्रले सात वर्ष पहिले संरक्षण गरेर राखेको हो । अधिकांश जातका बीउ चिसो(माइनस २० डिग्रिसम्म) मा राखेर लामो समयसम्मका लागि सुरक्षित गरिन्छ । लामो समयसम्म रहने बीउ धेरै ठण्डामा र छोटो आयु हुने बीउ त्यो भन्दा कम तापक्रममा राखेर सुरक्षित गरिन्छ । केन्द्रले समय–समयमा खेत÷बारीमा बीउ रोपेर उमारशक्तिसमेत परीक्षण गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ५ : ५८ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार