२०८३, १ कार्तिक आईतबार

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म


काठमाडौँ, साउन २४: मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि उनीहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको छ । आजको नागरिक दैनिकले पृष्ठ २ मा यो समाचार छापेको छ ।

मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालई उच्च अदालत जनकपुरले अदालतमा उपस्थिति गराउन परमादेश जारी गरेको छ ।२०७२ मा महोत्तरीको जलेश्वरमा एम्बुलेन्सबाट थुतेर थम्मन बिकको हत्या गरिएको थियो । विकका आफन्तले उच्च अदालत जनकपुरमा ज्यान मार्ने शीर्षकमा २८ व्यक्तिमाथि गत असारमा मुद्दा दायर गरेका थिए ।

रकारले सो मुद्दा अहिलेसम्म फिर्ता लिएको छैन । सो घटनामा मुद्दा दायर गरिएका अभिराम शर्मा प्रदेश २ सरकारमा मन्त्री भएका छन् । मुद्दा दायर गरिएका कौशल यादव संघीय फोरमबाट प्रदेशसभा महोत्तरीको ४ (क) बाट सांसद छन् । शंकर शाही (रामशंकर मिश्र) जलेश्वर नगरपालिकाका मेयर हुन् । लक्ष्मी महतो फोरमबाट महोत्तरी १ बाट उम्मेदवारी दिइ पराजित भएका थिए । देवेन्द्र यादव स्वतन्त्र उम्मेदवार थिए ।

प्रकाशित मिति : २०७५, २४ श्रावण बिहीबार  ६ : ३५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा