२०८२, ३० असार सोमबार

लुटियो भनिएको निरुको मोबाइल उनकै कोठामा ‘एक्टिभ’ !

लुटियो भनिएको निरुको मोबाइल उनकै कोठामा ‘एक्टिभ’ !


काठमाडौँ, साउन २३: प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई चल्दाचल्दै उनको पक्षमा कोही व्यक्तिले सांसद निरु पाललाई राती साढे आठ बजे तरकारी बजारमै कञ्चटमा पेस्तोल ताकिएको कुरा एक हप्ता पुग्दा पनि कतैबाट पुष्टि हुन सकेको छैन ।निरुले सुनाएअनुसार उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसपछाडि साउन १५ गते साँझ साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आए । दीपकराज जोशी संसदीइ सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल तोके । यदी उनी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भने । र, उनीसँग रहेको आइफोन लुटियो ।

यस्ता खबर पाउनासाथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल टेकुस्थित प्रहरी परिसरका हाकिमहरुसँग कराए, किन अहिलेसम्म केही पत्ता नलगाएको भनेर । प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन टोली बनाएको छ । तर, केही पत्ता लागेको छैन ।प्रहरीले अनुसन्धान थाल्यो, लुटिएको भनिएको मोबाइलको लोकेशनबाट । उनले जुन समय आफ्नो अन्तिममा १४० नम्बर भएको मोबाइल लुटियो भनेकी छिन्, अनुसन्धानमा त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म आफ्नै कोठातिर चलेको देखिन्छ । नियमित नम्बरहरुमा फोन गएको छ, आएको पनि छ । तर, जब भोलिपल्ट यो कुरा उठाइन् र सर्वत्र जिज्ञासाको विषय बन्यो, यसपछि मोबाइल स्वीच अफ हुन्छ ।

प्रहरीले निरुलाई आशंका गरेको व्यक्ति कोही छन् कि भनेर सोध्दा केही नाम दिइन् । त्यसमध्ये केही व्यक्तिलाई प्रहरीले फेला पार्यो, सोध्यो, तर पुष्टि भएन ।केही व्यक्तिले विदेश जाने चाहनामा आर्थिक कारोबार गरेको र पैसा फिर्ता माग्दा उल्टै हप्कीदप्की सुन्नुपरेको बताए । त्यस्ता व्यक्तिलाई पक्राउ गर्दा उल्टै निरुलाई अप्ठेरो पर्ने भएपछि प्रहरीले छाड्यो ।निरुले दाबी गरेको घटनाका न प्रत्यक्षदर्शी निस्किएका छन् न त दोषी नै ।

त्यसो त निरु पालले झुठो बयान दिएको यो पहिलो घटना होइन । २०५६ सालमा उनी नेपाली काँग्रेसबाट तत्कालिन नेकपा एमालेमा प्रवेश गरेकी हुन् । कर्ण चन्द युवा संघको जिल्ला अध्यक्ष हुँदा उनले निरुलाई महिला विभागको सदस्य बनाएका थिए ।तर, दुई वर्षअघि एक दैनिक पत्रिकालाई २०५० सालमा दासढुंगा दुर्घटनामा निधन भएका मदन भण्डारीसँगको नक्कली संस्मरण सुनाइन् । यसबापत धेरै आलोचना भयो ।युवा संघमा ४० वर्षको उमेर हद तोकिएपछि नागरिकता लुकाएर र जन्ममिति ढाँटेर अध्यक्ष भएकी थिइन् ।
– जनआस्था साप्ताहिक

प्रकाशित मिति : २०७५, २४ श्रावण बिहीबार  ६ : १६ बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल