२०८३, ११ श्रावण मंगलबार

ओली र श्रेष्ठ रु १५ हजार घुस सहित पक्राउ

ओली र श्रेष्ठ रु १५ हजार घुस सहित पक्राउ


काठमाडौँ, २३ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई आज रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

जग्गाको कित्ताकाट ट्रेस नक्शा तयार पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको भनिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

यसैगरी आयोगले भूमिसुधार कार्यालय मोरङका नासु दामोदर खतिवडाविरुद्ध बिगो रु ३० हजार जरिवाना र कैद सजाय माग दावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आमाका नाममा मोहियानी हक कायम भएको जग्गा बाँडफाँड गरी नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग आयोगको कार्यालय इटहरीले खतिवडालाई रु ३० हजार घुसबापतको रकम लिइसकेको भनिएको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसूर गरेको देखिन आएको जनाई आरोपपत्र दायर गरिएको प्रवक्ता दंगालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  ७ : १३ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा