२०८३, २६ बैशाख आईतबार

सरकारसँग सङ्कास्पद घटनाको छानवीन गर्न माग

सरकारसँग सङ्कास्पद घटनाको छानवीन गर्न माग


मलेशिया पेनाङ/ मलेसियाको पेनाङमा भएको सङ्कास्पद घट्नाको बिषयमा छानवीन गर्न पीडित परिवारले सरकारसँग माग गरेका छन् । धादिङ गल्छी गाउँपालिका वडा नं ७ स्थायी निवासी हस्तबहादुर तामाङ होस्टल बाहिर मृत अवस्थामा भेटिएपछि उनको परिवार र आफन्तले घटनालाई सङ्कास्पद रुपमा लिंदै छानवीन गर्न माग गरेका हुन् । उनीहरुले घटनामा आशंका गरिएका निता राजवंशी तामाङ र धु्रव गिरीलाई तत्काल नेपाल झिकाई छानवीन गर्न माग गरेका छन्।

निता राजवंशी तमाङ मलेसियाको पेनाङ स्थित jcy कम्पनीमा कार्यरत रहेकी छिन् भने धु्रव गिरी पनि मलेशियामा नै कार्यरत छन् । उनीहरुले शष्लकज कयबिच कमल दजम मा कार्यरत रहेका हस्तबहादुर तामाङलाई पटक–पटक फोनमार्फत ज्यान मार्ने धम्की समेत दिएको आशंकामा उनीहरुमाथि छानवीन गरिनुपर्ने पीडित परिवारहरुको माग रहेको छ ।

घटनामा आशंका गरिएका निता राजवंशी तामाङ र धु्रव गिरी

मृतक तामाङले आफ्ना पुराना साथीहरुलाई ज्यान लिने धम्की निता र धु्रवद्वारा दिने गरेको बताएका थिए । उनीहरुले धम्की दिएको ५/६ घन्टाको बीचमा हस्तबहादुर होस्टल बाहिर मृत अवस्थामा फेला पारिएको थियो । त्यसैले यो घटना हत्या वा आत्महत्या के हो उचित छानवीन हुनुपर्ने पीडित परिवारको माग छ ।

लामो समयदेखि चिनजान र घनिष्ट सम्बन्ध भएकी मोरङको पुरानो खानेपानी ट्याङ्की नजिक बसोबास रहेको दिपेन राजवंशीकी श्रीमती निता राजवंशी तामाङ ६ वर्षदेखि मलेसियामा कार्यरत छिन् । उनी निकट स्रोतकाअनुसार उनी आफ्नो घर/परिवार र आफन्त/इस्टमित्रसँग सम्पर्क विहिन छिन् । हस्तबहादुरसँग ५/६ बर्ष भएको पुरानो सम्बन्ध तोड्दै तनहुँ दमौली स्थायी घर भएका धु्रव गिरी नामले चिनिने युवासँग उनले नयाँ सम्बन्ध बनाएकी थिइन् । नयाँ सम्बन्धको शुरुवात भएसँगै हस्तबहादुरलाई पटक–पटक ज्यान मार्ने धम्की दिंदै यातना समेत दिइएको तामाङ निकट स्रोत बताउँछ । उनलाई मृत अवस्थामा भेटिनु केही समयअघि पनि चेतावनीपूर्ण धम्कीले उनलाई तनाव दिएको बुझिएको छ । मृतक हस्तबहादुर तामाङ 11 july 2018 बिहानको ६ बजेको समयमा झुन्डिरहेको अवस्थामा भेटिएका थिए । घटना अघिपछिको अवस्था र मृतकले छाडेको भ्वाईस रेकर्डका आधारमा घटनालाई थप संकास्पद बनाएको देखिएको छ ।

प्रकाशित मिति : २०७५, ४ श्रावण शुक्रबार  ५ : ०९ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे