२०८२, ९ फाल्गुन शनिबार

नेपाललाई रेलले जोड्न राष्ट्रपति सी प्रतिबद्ध

नेपाललाई रेलले जोड्न राष्ट्रपति सी प्रतिबद्ध


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो बुधबार बेइजिङमा भएको भेटवार्तामा केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेलसेवा निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धतालाई दोहो¥याएका छन् ।

‘भेटमा नेपाल–चीन सम्बन्धका धेरै मुद्दामा दुई नेताबीच छलफल भयो । ‘दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो,’ भेटवार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका सदस्यले बताए । ‘चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेललाई नेपालका विभिन्न भागमा पु¥र्याउन आफ्नो सहयोग रहँने जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सीले अन्तरदेशीय रेलवे कनेक्टिभिटीलाई रुचिका साथ लिएको पनि प्रतिनिधिमण्डलमा सहभागवीहरु बताउँछन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको ३० मिनेट भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले रेलवे निर्माणको ठोस प्रस्ताव तयार पार्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । राष्ट्रपति सीले कनेक्टिभिटी आफ्नो महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स अन्तर्गत पर्ने जनाउँदै यही परियोजनामार्फत नेपालमा चिनियाँ रेल पु¥र्याउन सकिने बताएका थिए ।

राष्ट्रपति सीले नेपालमा राजनीतिक स्थिरता कायम भएको र नेपाल सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकता दिएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिएका छन् । नेपालले तय गरेको विकास लक्ष्यमा पुग्न सघाउन चीन तयार रहेको उनले बताए ।उक्त अवसरमा राष्ट्रपति सीले नेपाल सरकारलाई चीनको पूर्ण सहयोग निरन्तर जारी रहने आश्वासन पनि दिएका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा राष्ट्रपति सीलाई बधाई दिएका थिए । यसैगरी बुधबार नै एसियन इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका अध्यक्ष ली जिक्वानले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे । भेटमा नेपालमा हुने लगानी विषयमा कुराकानी भएको थियो ।

आज प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटपछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–चीन द्विपक्षीय बैठक हुनेछ । बैठकमा दुई देशबीच भएका सन्धि–सम्झौता कार्यान्वयन पक्षमा विशेष छफल हुने बताइएको छ । बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन र दुई देशबीच आधा दर्जनभन्दा बढी सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

सम्झौतै सम्झौता

नेपाल र चीनका विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रबीच ९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बेइजिङमा दुवै देशका पदाधिकारीले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । आज बिहीबार नेपाल–चीन द्विपक्षीय बैठकपछि थप सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरिनेछ ।

पहिलो सम्झौता नेपाल विद्युत् प्राधिकरण र चीनको स्टेट ग्रिड कर्पोरेसनबीच भएको छ। यो सम्झौता ‘नेपाल–चाइना क्रस–बोर्डर पावर ग्रिड इन्टरकनेक्सन प्रोजेक्ट’ को सम्भाव्यता अध्ययनका लागि गरिएको हो । सम्झौताअनुसार चार सय केभीको केरुङ–रसुवागढी–गल्छी–रातमाटे प्रसारण लाइनको सम्भाव्यता अध्ययन हुनेछ।

दोस्रो सम्झौता नेपालको लगानी बोर्ड र हुसिन सिमेन्ट नारायाणी प्राइभेट लिमिटेडबीच भएको छ । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुजिन सिमेन्ट कम्पनी लिमिटेड चाइनाका उपाध्यक्ष सु गाङले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार चिनियाँ सिमेन्ट कम्पनीले नेपालमा तीनहजार मेट्रिक टन क्षमताको सिमेन्ट उद्योग सञ्चालन गर्न १४ करोड ४० लाख अमेरिकी डलर करिब १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गर्नेछ, जहाँ एक हजारले रोजगारी पाउनेछन् ।

तेस्रो समझदारीपत्र एमओयु ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीबीच भएको छ । एमओयुमा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीका उपमहाप्रबन्धक लियु डोङयानले हस्ताक्षर गरेका छन् । यो एमओयुअनुसार पूर्वी तराईका बिरिङ, कमला, कन्काई नदीको पूर्ण सम्भाव्यता अध्ययन गर्न तालिम दिइनेछ।

चौथो एमओयु नेपालको फोर्टुना इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड र चीनको गुइझाओ म्यारिटाइम सिल्क रोड इन्टरनेसनल इन्भेस्टमेन्ट कर्पोरेसनबीच भएको छ । एमओयुमा फोर्टुना अध्यक्ष भवानी राणा र गुइझाओका तर्फबाट झाङ जाओले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार चार करोड ६० लाख अमेरिकी डलर करिब ५ अर्बमा नेपालमा हाइल्यान्ड फुड पार्क स्थापना गरिनेछ, जहाँ विभिन्न थरीका फलफूल र तरकारी उपलब्ध हुनेछन्।

पाँचौं सम्झौता युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, हाइड्रो सलुसन ग्रुप र साङ्घाई इन्भेस्टिगेसन, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कप्पनीबीच भएको छ ।

यसलाई संयुक्त विकास सम्झौता भनिएको छ । सम्झौतामा हाइड्रो सलुसनका तर्फबाट ज्ञानेन्द्रलाल प्रधान, युनान सिन्ह्वाका महाप्रबन्धक सु जियानसिङ र साङ्घाईका सीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज एपिपी निर्माण गरिनेछ ।

छैटौं एमओयु सियुरी नायडी हाईड्रोपावर प्लान्ट प्रोजेक्टका लागि गरिएको छ । इपिसिएफ मोडलमा निर्माण गरिनेछ । एमओयुमा सिसुरी नायडीका शैलेन्द्र गुरागार्इं र चाइना नेसनल इलेक्ट्रक इन्जिनियरिङ कम्पनी लिमिटेडका झाङ यानफिले हस्ताक्षर गरेका छन्।

सातौं एमओयु नेपाल पस्मिना इन्डस्ट्रिज एसोसिएसन र वान बेल्ट वान रोड ओबिओआर इन्टरनेसनल ट्रेडबीच भएको छ । एमओयुमा एनपिआइएका अध्यक्ष दुर्गाविक्रम थापा र ओबिओआर इन्टरनेसनलका अध्यक्ष सभापति सु याले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार दुई लाखदेखि पाँच लाख थानका बीचमा पस्मिना खरिद प्रक्रिया अघि बढाउनुपर्नेछ।

आठौं सम्झौता मस्र्याङ्दी क्यासकेड हाइड्रोपावर प्रोजेक्टका लागि भएको छ । बुटवल पावर कम्पनी लिमिटेड र सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड एससीआईजीबीच भएको यो सम्झौताअनुसार मस्र्याङ्दीमा ६ सय मेगावाट क्षमताको संयुक्त परियोजना विकास गरिनेछ।

नवौं सम्झौता इपिसिएफ मोडलअनुसार ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी हाइड्रोपावर परियोजना निर्माणसम्बन्धी भएको छ । सम्झौतामा सिद्धकाली पावर लिमिटेड एसपिएलका अध्यक्ष गुरुप्रसाद न्यौपाने र चीनको डोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कार्पोरेसनका अध्यक्ष चिन क्वेङले हस्ताक्षर गरेका छन् । परियोजनाको लागत १४ करोड ७० लाख अमेरिकी डलर करिब १६ अर्ब रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित मिति : २०७५, ७ असार बिहीबार  १२ : ४२ बजे

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको

तेमालका हजार एमालेमा प्रवेश : अमित लामाद्वारा स्वागत

बनेपा। तेमाल गाउँपालिका-१ सस्र्यूखर्क लामागाउँका हजार सिं तामाङ नेकपा (एमाले)

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र