२०८३, २० आश्विन बुधबार

बनेपामा दलित जनप्रतिनिधिका लागि नेतृत्व विकास र कानुनी शिक्षा कार्यशाला

बनेपामा दलित जनप्रतिनिधिका लागि नेतृत्व विकास र कानुनी शिक्षा कार्यशाला


बनेपा नगरपालिकाभित्र निर्वाचित दलित जनप्रतिनिधिहरुका लागि एकदिने नेतृत्व विकास र कानुनी शिक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम शुक्रबार नगरपालिकाको सभाहलमा भएको हो । कार्यक्रममा बनेपा नगरपालिकाको १४ मध्ये १३ वटा वडाका सदस्य, कार्यपालिका सदस्य र अन्य दलित अगुवाहरु सहभागि भएका थिए ।

कार्यक्रममा नगरपालिकाका नगरप्रमूख लक्ष्मी नरसिंह बादेले विभेद रहित नगरपालिका बनाउन आफु अडिक रहेको बताए । ‘म प्रहरी सेवाबाट आएको मान्छे, मैले दलितले पकाएको भात खाएर सेवा पुरा गरेको हुँ, उनले भने ‘जातिय विभेद मुक्त समाज निर्माण गर्न नगरपालिकाले के गर्दा राम्रो हुन्छ सुझाव दिनोस्, म कार्यान्वयन गर्छु ।’ त्यस्तै उपप्रमूख रेखा दाहालले दलित समुदायको उत्थानका लागि नगरपालिकाले सहभागिता मूलक विकासलाई प्राथमिकतामा राखेको भन्दै सक्रिय सहभागि हुन आग्रह गरिन् ।

कार्यक्रममा दलित समुदायको बृद्धि र विकासका लागि नगरपालिकाले बजेट विनियोजन गर्न सुरु गरेको भन्दै आगामी आर्थिक वर्षका लागि गाउँ तहमा भइरहेको योजना तर्जुमा गोष्ठीमा दलित जनप्रतिनिधिको भूमिकाका बारेमा कार्यपालिका सदस्य तेज नेपालीले अनुरोध गरे । ‘तपाईहरुले आ–आफ्नो वडामा भइरहेको योजना तर्जुमा गोष्ठीमा आफ्ना समुदायका लागि हुने योजना समावेश गर्नोस्, उनले भने ‘नगरपालिकाबाट गर्नुपर्ने कामका लागि हामी कार्यपालिका सदस्य छौँ ।’ कार्यपालिकामा ३ जना दलित सदस्य रहेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ लाख रुपैयाँ दलित समुदायका लागि विनियोजन गरेको छ ।

निर्वाचित वडा सदस्यहरुलाई डाक्टर बुद्धि नेपाली, दलित आयोगका पूर्व सदस्य सचिव सिताराम घले (नेपाली), दलित अधिकार तथा विकास केन्द्र नेपालका अध्यक्ष मेगेन्द्र विश्वकर्मा लगायतले नेतृत्व विकास र कानुनी ब्यवस्थाका बारे जानकारी गराएका थिए । नेकपा काभ्रेका नेता विष्णु मिजारले स्थानीय तहलाइ राज्यले अधिकार दिएको भन्दै दलितहरुको हकहितमा स्थानीय तहले नै उचित ध्यान दिनुपर्ने बताए । कार्यशालाको आयोजना युनेस्कोको आर्थिक सहयोगमा बनेपा नगरपालिका र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्त रुपमा गरेका हुन् ।

प्रकाशित मिति : २०७५, १ असार शुक्रबार  ६ : १७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको