२०८३, ५ आश्विन मंगलबार

पाँचखाल सेजको छलफल धुलिखेलको महँगो होटलमा, मन्त्री बास्कोटाको असन्तुष्टि

पाँचखाल सेजको छलफल धुलिखेलको महँगो होटलमा, मन्त्री बास्कोटाको असन्तुष्टि


सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको विशेष आर्थिक क्षेत्र (सेज) को प्रगति प्रति असन्तुष्टि जनाएका छन् । आइतबार धुलिखेलको एक होटलमा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले गरे सरोकारवाला निकायसँग गरेको छलफलमा सहभागि मन्त्री बास्कोटाले सेज निर्माणमा भइरहेका ढिलाई प्रति असन्तुष्टि जनाएका हुन् ।

मन्त्रालयका सचिव यम कुमारी खडिवडा नेतृत्वमा आएको टोलीले धुलिखेलको होटलमा पाँचखालका नगरप्रमूख महेश खरेल, सेज बन्ने वडाका वडाध्यक्षहरुलाई बोलाएर छलफल गरेको हाे। सेज बन्ने ठाउँमा गएर छलफल नगरी धुलिखेलको महँगो होटलमा छलफल आयोजना गरिएको भन्दै केहि सहभागिहरुले आपत्ति समेत जनाएका थिए । अघिल्लो वर्ष मन्त्रालयका सचिव सूर्य सिलवालले धुलिखेलमै सरोकारवाला निकायसँग छलफल गरेको थिए । अघिल्लो वर्ष नै उक्त सेजको मास्टर प्लान अन्तिम चरणमा पुगेको बताइएको थियो । तर अहिलेसम्म भौतिक संरचना निर्माणको काम भने अघि बढ्न सकेको छैन् । मन्त्री बास्कोटाले सेज निर्माणको काम कुनै पनि हालतमा ढिला नगर्न मन्त्रालयका सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।

सरकारले पाँचखाल नगरपालिकाको वडा नं ७ मा पर्ने सामुदायिक वनको एकहजार रोपनी क्षेत्रफल जमिन २०६८ सालमै अतिग्रहण गरेको थियो । तर पनि काम भने निकै सुस्त छ । सेज निर्माणका लागि तत्कालिन होक्सेबजार गाविस ३ को शिखपुर सामुदायिक वन उपभोक्ता समितिको ४ सय ६० रोपनी १५ दाम र होक्से ४ कै देवीस्थान पाडुल्ला स्वर्णस्वरी सामुदायिक वन उपभोक्ता समितिको ५ सय ३९ रोपनी १ दाम क्षेत्रफल जमिन सरकारले अतिग्रहण गरिसकेको छ । तर भूकम्प र बाढीका कारण चीनसँग नेपालका प्रमूख ब्यापारिक तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि सेज निर्माण ओझेलमा पर्दै आइरहेको छ । उद्योग मन्त्रालयका अधिकारीहरुका अनुसार पाँचखालको सेज चीनसँग सामान निर्यातका लागि निर्माण गर्न लागिएको हो ।

स्थानीयहरुले सेज निर्माणमा कुनै अवरोध नगरिने भन्दै औद्योगिक विकासका लागि जस्तो सुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको बताएका छन् । तर मन्त्रालयले भने वर्षको एक पटक छलफल गर्ने बाहेक अन्य काम गर्ने गरेको छैन् । मास्टर प्लान अनुसार एक हजार रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा ५७ वटा उद्योग भवन रहने छ । माटो परीक्षण, जग्गाको सर्भे, भवन डिजाइन, सडक सर्भे लगायतको काम सकिएको छ ।

प्रकाशित मिति : २०७५, २० जेष्ठ आईतबार  ५ : ३३ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको