२०८३, १० कार्तिक मंगलबार

पाँचखाल सेजको छलफल धुलिखेलको महँगो होटलमा, मन्त्री बास्कोटाको असन्तुष्टि

पाँचखाल सेजको छलफल धुलिखेलको महँगो होटलमा, मन्त्री बास्कोटाको असन्तुष्टि


सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको विशेष आर्थिक क्षेत्र (सेज) को प्रगति प्रति असन्तुष्टि जनाएका छन् । आइतबार धुलिखेलको एक होटलमा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले गरे सरोकारवाला निकायसँग गरेको छलफलमा सहभागि मन्त्री बास्कोटाले सेज निर्माणमा भइरहेका ढिलाई प्रति असन्तुष्टि जनाएका हुन् ।

मन्त्रालयका सचिव यम कुमारी खडिवडा नेतृत्वमा आएको टोलीले धुलिखेलको होटलमा पाँचखालका नगरप्रमूख महेश खरेल, सेज बन्ने वडाका वडाध्यक्षहरुलाई बोलाएर छलफल गरेको हाे। सेज बन्ने ठाउँमा गएर छलफल नगरी धुलिखेलको महँगो होटलमा छलफल आयोजना गरिएको भन्दै केहि सहभागिहरुले आपत्ति समेत जनाएका थिए । अघिल्लो वर्ष मन्त्रालयका सचिव सूर्य सिलवालले धुलिखेलमै सरोकारवाला निकायसँग छलफल गरेको थिए । अघिल्लो वर्ष नै उक्त सेजको मास्टर प्लान अन्तिम चरणमा पुगेको बताइएको थियो । तर अहिलेसम्म भौतिक संरचना निर्माणको काम भने अघि बढ्न सकेको छैन् । मन्त्री बास्कोटाले सेज निर्माणको काम कुनै पनि हालतमा ढिला नगर्न मन्त्रालयका सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।

सरकारले पाँचखाल नगरपालिकाको वडा नं ७ मा पर्ने सामुदायिक वनको एकहजार रोपनी क्षेत्रफल जमिन २०६८ सालमै अतिग्रहण गरेको थियो । तर पनि काम भने निकै सुस्त छ । सेज निर्माणका लागि तत्कालिन होक्सेबजार गाविस ३ को शिखपुर सामुदायिक वन उपभोक्ता समितिको ४ सय ६० रोपनी १५ दाम र होक्से ४ कै देवीस्थान पाडुल्ला स्वर्णस्वरी सामुदायिक वन उपभोक्ता समितिको ५ सय ३९ रोपनी १ दाम क्षेत्रफल जमिन सरकारले अतिग्रहण गरिसकेको छ । तर भूकम्प र बाढीका कारण चीनसँग नेपालका प्रमूख ब्यापारिक तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि सेज निर्माण ओझेलमा पर्दै आइरहेको छ । उद्योग मन्त्रालयका अधिकारीहरुका अनुसार पाँचखालको सेज चीनसँग सामान निर्यातका लागि निर्माण गर्न लागिएको हो ।

स्थानीयहरुले सेज निर्माणमा कुनै अवरोध नगरिने भन्दै औद्योगिक विकासका लागि जस्तो सुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको बताएका छन् । तर मन्त्रालयले भने वर्षको एक पटक छलफल गर्ने बाहेक अन्य काम गर्ने गरेको छैन् । मास्टर प्लान अनुसार एक हजार रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा ५७ वटा उद्योग भवन रहने छ । माटो परीक्षण, जग्गाको सर्भे, भवन डिजाइन, सडक सर्भे लगायतको काम सकिएको छ ।

प्रकाशित मिति : २०७५, २० जेष्ठ आईतबार  ५ : ३३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना