२०८३, १९ श्रावण बुधबार

काभ्रेका जनप्रतिनिधि साँडा भएको नागरिक समाजको आरोप

काभ्रेका जनप्रतिनिधि साँडा भएको नागरिक समाजको आरोप


काभ्रेमा क्रियाशिल नागरिक समाजका अगुवाहरुले निर्वाचनपछि निर्वाचित भएर आएका जनप्रतिनिधिहरु साँडा भएको आरोप लगाएका छन् । आइतबार धुलिखेलमा मानव अधिकार आयोगका सदस्य सुदिप पाठकसँगको छलफलमा उनीहरुले गाउँमा जनप्रतिनिधिले हैकम चलाएको भन्दै आफु र आम नागरिकको मानव अधिकार हनन् भएको गुनासो गरे ।

यो नागरिक समाजमा सरकारी देखि जिल्ला गैर सरकारी संस्था महासंघ, विभिन्न दातृ निकायबाट रकम ल्याएर कार्यक्रम सञ्चालन गर्दै आएका एनजीओ, आइएनजीओ सदस्य छन् । यी संस्थाका प्रतिनिधिहरुले निर्वाचन पछि गाउँ गएर काम गर्न निकै समस्या रहेको समेत आयोगका सदस्य पाठकलाई सुनाए । गैसस काभ्रेका उपाध्यक्ष टोम सापकोटाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका २०५२ मध्ये २८० संघसंस्था मात्रै सक्रिय रहेको भन्दै गाउँ गएर काम गर्ने संघसंस्थाहरुलाई उचित वातावरण नबनेको बताए ।

छलफलमा सहभागि नागरिक समाजका पदाधिकारी

सामुदायिक सारथीका जिल्ला संयोजक भेष बहादुर दनुवारले प्रतिबन्धित बिषादी अझै बिक्री भइरहेको भन्दै अनुगमन फितलो भएको बताए । साथै उनले स्थानीय तहको बजेट निर्माणमा समेत जनसहभागितामा उचित ध्यान नगएको सुनाए । सेफ हाउसकी ब्यवस्थापक उर्मिला रञ्तिले हिंसा पीडित महिलाहरुको पक्षमा स्थानीय सरकार जिम्मेवार हुन नसकेको बताइन् । जिल्लामा बलात्कारको संख्या ह्वात्तै बढ्दा पनि स्थानीय सरकारले कुनै चासो नदिएको आयोग सदस्य पाठकलाई उनले सुनाइन् ।

जिल्ला बाल सञ्जालका अध्यक्ष रञ्जन पौडेलले मण्डनदेउपुर नगरपालिकाको ११ र १२ नम्बर वडामा भूकम्पपछि खानेपानीको चरम समस्या भएकाले बालबालिका विद्यालय जानबाट बञ्चित रहँदा पनि जनप्रतिनिधिहरुले खास ध्यान नदिएको बताए । त्यस्तै उनले पनौती क्षेत्रमा टिपरको हर्नका कारण बालबालिकाहरुको पठनपाठनमा गम्भिर असर परिरहेको औल्याए ।

नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महतले जनप्रतिनिधिहरुले शिक्षकहरुलाई आतंकित बताएको बताए । जनप्रतिनिधिहरुले भूकम्पमा भत्किएका विद्यालय भवन निर्माणमा ध्यान नदिएको तर दरबन्दी मिलानको नाममा शिक्षकहरु माथि धरपकट गरिरहेको आयोगका सदस्य पाठकलाई सुनाए । निर्वाचन पछिको अवस्था बुझ्न काभ्रे आइपुगेका आयोग सदस्य पाठकको टोली समक्ष महतले जनप्रतिधिहरु हैकमबादी सोचबाट ग्रस्त रहेको भन्दै शिक्षकहरुलाई काम गर्न सक्ने अवस्था नरहेको बताए ।

जिल्ला बारका अध्यक्ष कृष्ण सापकोटाले स्थानीय तहमा हुने कानुन सम्पादनको कार्यलाई चुस्त बनाउन नसकिए यसले आगामी दिनमा नराम्रो सन्देश प्रबाह हुने बताए । नागरिक समाजका अनुवाहरुको कुरा सुनिसकेपछि आयोग सदस्य पाठकले महत्वपूर्ण कुराहरुलाई जिल्लाका सरोकारवाला निकाय समक्ष राखेर सम्बोधनका लागि पहल गरिने बताए । जिल्लाको समग्र मानव अधिकारको अवस्था नागरिक समाजका अध्यक्ष एवं मानव अधिकार कर्मी भोजराज तिमल्सिनाले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७५, २० जेष्ठ आईतबार  ४ : ४९ बजे

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका