२०८३, ३० आश्विन शनिबार

तेमालका दुई विद्यालयलाई कम्प्युटर हस्तान्तरण

तेमालका दुई विद्यालयलाई कम्प्युटर हस्तान्तरण


काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर २ का दुईवटा विद्यालयलाई कम्प्युटर र ल्याप्टप हस्तान्तरण गरिएको छ । बालकल्याण आधारभूत विद्यालय र सर्बोद्धवर माविलाई चारवटा कम्प्युटर र दुई वटा ल्याप्टप हस्तान्तरण गरिएको हो ।

हाल जापानमा बसोबास गदै आएका सस्र्यूखर्कका ईन्द्रजित तामाङले बालकल्याण आधारभुत विद्यालयलाई चारवटा कम्प्युटर र एक वटा ल्यापटप हस्तान्तरण गरेका हुन । त्यस्तै सर्बोद्धवर माबिलाइ एउटा ल्यापटप र टेबुल कुर्सी हस्तान्तरण गरेका हुन् । शुक्रबार एक कार्यक्रमका बीच ईन्द्र जित लामाले जापानमा रहेका साथीहरूसंग रकम संकलन गरि खरिद गरिएका कम्प्युटर, ल्याप्टप, टेबल, कुर्सी विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै इन्द्रजित तामाङले कम्प्युटरले ग्रामीण भेगका बालबालिकालाई प्रविधिसँग नजिक बनाउने र दक्षजनशक्ति उत्पादनमा मद्दत पुग्ने बताए । “यो सहयोग लागिका सहयोग मात्रै गरिएको होइन, उनले भने “बाल्यकालमा आफुले कम्प्युटर छुन त के देख्न पनि मुस्किल थियो, तर अबका सन्तातिलाई त्यस्तै वातावरणमा हुर्काउनु हुदैन् ।”

कम्प्युटर हस्तान्तरण कार्यक्रम

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष तेमाल सिं लामाले विदेश पुगेका युवाहरुले त्यहाँ सिकेका सिप र प्राविधिलाई आफ्नो गाउँ, ठाउँमा पुर्याउन सके समृद्ध गाउँ बन्न ढिलाई नहुने बताए । “विश्वका धेरै देश प्रविधिमा निकै अघि बढीसकेका छन्, वडाध्यक्ष लामाले भने “हामी उनीहरुको दाजाेँमा पुग्न त समय लाग्ला तर समय सापेक्षित ढंगले अघि बढ्न विदेश गएका युवाहरुको ठूलो भूमिका रहन्छ ।” स्थानीय समाजसेवी जगतमान तामाङले नयाँ प्राविधिले शिक्षण सहयोग पुग्ने बताए । प्रधानाध्यापक कुमारसिं तामाङले अब तेमाल भेगमै यो विद्यालय नमूना हुने बताए । स्थानीय अभिभावक चन्द्र सिं लामा र वडा सदस्य डिल्लीमान लामाले वर्तमान शिक्षा प्रणालीलाई समेत सहयोग पुग्ने बताए ।

जापानीज नास्पती र हलुवाबेदको बिरुवा समाज सेवी ईन्द्रजित तामाङ

 

प्रकाशित मिति : २०७५, १८ जेष्ठ शुक्रबार  ४ : २१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा