२०८१, १ फाल्गुन बिहीबार

नेकपाको केन्द्रीय सदस्य छनौटमा काभ्रेका लालध्वजको आपत्ति

नेकपाको केन्द्रीय सदस्य छनौटमा काभ्रेका लालध्वजको आपत्ति


काभ्रे । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण पश्चात नव गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा नसमेटिएको प्रति तत्कालिन माओवादी केन्द्रका नेता एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ लालध्वजले आपत्ति जनाएका छन् । पूर्व माओवादी केन्द्रले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गरेसँगै नेता दोङले जनयुद्धमा अतुलनीय योगदान दिएको काभ्रे जिल्लालाई अपमान गरेको र यस्तो अपमान आफूले नसहने अभिव्यक्ति दिएका छन् ।

त्यसो त सार्वजनिक रुपमै काभ्रे जिल्लाका अन्य नेताहरुले पनि असन्तुष्टि पोख्दै आएका थिए । काभ्रेबाट केन्द्रीय समितिमा तत्कालीन माओवादी केन्द्र काभ्रेका इन्चार्ज तथा पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ लालध्वज र कमान सिं लामा नव गठित नेकपाको केन्द्रीय कमिटीमा पर्ने चर्चा थियो । काभ्रेबाट तत्कालिन माओवादी केन्द्रको तर्फबाट कमान सिं लामालाई मात्रै समावेश गरिएको छ । सूर्यमान दोङ छुटेका छन् । उनी एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक समेतको जिम्मेवारीमा छन् । केन्द्रीय कमिटी सदस्यको छनौटका क्रममा आफू नसमेटिएपछि नेतृत्वले विवेक नपु¥याएको भन्दै नेता दोङले नेतृत्वप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

त्यस्तै सामाजिक सञ्जालमा असन्तुष्ट पोख्दै काभ्रेका नेता इन्द्रबहादुर थिङ छिन्ताङले पनि आफ्नो असहमति जाहेर गरेका छन् । उनले भनेका छन्– ‘काभ्रेली जनता र काभ्रेबाट रगत बगाउनु हुने २ सय ८० जना वीर शहिदमाथी घोर अपमान नेतृत्वबाट भएको छ। नेकपाले आज सार्वजनिक गरेको ४ सय ४१ जनाको नामवलीभित्र माओबादी केन्द्र पट्टीको भागको २०० जनाको नामवलीमा काभ्रेबाट काभ्रे कार्यक्षेत्र भएका कुनैपनि नेताको प्रतिनिधित्व नहुनु निर्णय गर्ने नेताको ठूलो राजनैतिक अपराधको रुपमा तत्कालिन जनयुद्धकालिन काभ्रेली नेताहरुले लिएको बुझिएको छ ।

काभ्रेका अन्य विभिन्न तहका नेता कार्यकर्ताले पनि यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा रोल्पा, रुकुम, सिन्धुलीपछि काभ्रेको नाम आउने गरेको थियो । २०५३ पुस १९ गते रामेछापको बेथानमा सफल फौजी आक्रमण गर्दै तत्कालीन काभ्रे–रामेछाप इन्चार्ज काभ्रेली नेता तीर्थ गौतमको नेतृत्वमा पूर्वी कमाण्डमा आक्रमणको थालनी भएको थियो । काभ्रेबाटै पूर्वको फौजी आक्रमण सुदुरपुर्वसम्म विस्तार भएको तत्कालिन जनयुद्धकालिन काभ्रेली नेताहरु स्मरण गर्छन् । काभ्रेको योगदानको कदर नभएको भन्ने अधिकांश नेताहरुले कतिपय जिल्लाबाट नेकपामा आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यमा मनोनित भएकोमा भन्दै दुखेसो समेत गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७५, ८ जेष्ठ मंगलबार  ८ : २७ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले