२०८३, २१ भाद्र सोमबार

नेकपाको केन्द्रीय सदस्य छनौटमा काभ्रेका लालध्वजको आपत्ति

नेकपाको केन्द्रीय सदस्य छनौटमा काभ्रेका लालध्वजको आपत्ति


काभ्रे । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरण पश्चात नव गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा नसमेटिएको प्रति तत्कालिन माओवादी केन्द्रका नेता एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ लालध्वजले आपत्ति जनाएका छन् । पूर्व माओवादी केन्द्रले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गरेसँगै नेता दोङले जनयुद्धमा अतुलनीय योगदान दिएको काभ्रे जिल्लालाई अपमान गरेको र यस्तो अपमान आफूले नसहने अभिव्यक्ति दिएका छन् ।

त्यसो त सार्वजनिक रुपमै काभ्रे जिल्लाका अन्य नेताहरुले पनि असन्तुष्टि पोख्दै आएका थिए । काभ्रेबाट केन्द्रीय समितिमा तत्कालीन माओवादी केन्द्र काभ्रेका इन्चार्ज तथा पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ लालध्वज र कमान सिं लामा नव गठित नेकपाको केन्द्रीय कमिटीमा पर्ने चर्चा थियो । काभ्रेबाट तत्कालिन माओवादी केन्द्रको तर्फबाट कमान सिं लामालाई मात्रै समावेश गरिएको छ । सूर्यमान दोङ छुटेका छन् । उनी एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक समेतको जिम्मेवारीमा छन् । केन्द्रीय कमिटी सदस्यको छनौटका क्रममा आफू नसमेटिएपछि नेतृत्वले विवेक नपु¥याएको भन्दै नेता दोङले नेतृत्वप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

त्यस्तै सामाजिक सञ्जालमा असन्तुष्ट पोख्दै काभ्रेका नेता इन्द्रबहादुर थिङ छिन्ताङले पनि आफ्नो असहमति जाहेर गरेका छन् । उनले भनेका छन्– ‘काभ्रेली जनता र काभ्रेबाट रगत बगाउनु हुने २ सय ८० जना वीर शहिदमाथी घोर अपमान नेतृत्वबाट भएको छ। नेकपाले आज सार्वजनिक गरेको ४ सय ४१ जनाको नामवलीभित्र माओबादी केन्द्र पट्टीको भागको २०० जनाको नामवलीमा काभ्रेबाट काभ्रे कार्यक्षेत्र भएका कुनैपनि नेताको प्रतिनिधित्व नहुनु निर्णय गर्ने नेताको ठूलो राजनैतिक अपराधको रुपमा तत्कालिन जनयुद्धकालिन काभ्रेली नेताहरुले लिएको बुझिएको छ ।

काभ्रेका अन्य विभिन्न तहका नेता कार्यकर्ताले पनि यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा रोल्पा, रुकुम, सिन्धुलीपछि काभ्रेको नाम आउने गरेको थियो । २०५३ पुस १९ गते रामेछापको बेथानमा सफल फौजी आक्रमण गर्दै तत्कालीन काभ्रे–रामेछाप इन्चार्ज काभ्रेली नेता तीर्थ गौतमको नेतृत्वमा पूर्वी कमाण्डमा आक्रमणको थालनी भएको थियो । काभ्रेबाटै पूर्वको फौजी आक्रमण सुदुरपुर्वसम्म विस्तार भएको तत्कालिन जनयुद्धकालिन काभ्रेली नेताहरु स्मरण गर्छन् । काभ्रेको योगदानको कदर नभएको भन्ने अधिकांश नेताहरुले कतिपय जिल्लाबाट नेकपामा आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यमा मनोनित भएकोमा भन्दै दुखेसो समेत गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७५, ८ जेष्ठ मंगलबार  ८ : २७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको