२०८३, ७ असार सोमबार

स्वास्थ्य विमा प्रभावकारी बनाउछुँ: स्वास्थ्य राज्यमन्त्री अर्याल

स्वास्थ्य विमा प्रभावकारी बनाउछुँ: स्वास्थ्य राज्यमन्त्री अर्याल


स्वास्थ्य राज्यमन्त्री पद्म अर्यालले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने बताएकी छिन् । स्वास्थ्य बीमालाई अनिवार्य गराई सम्पन्नबाट लिने, कमजोरलाई छुट दिने र नसक्ने विपन्नलाई पूरै निःशुल्कको नीति ल्याइने भन्दै स्वास्थ्य बीमालाई अनिवार्य गराई विपन्नलाई राहत हुने गरी काम गरिने राज्यमन्त्री पद्म अर्यालले  विश्वास व्यक्त गरिन् ।

नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह स् एक अस्पताल’ को कार्यक्रम आउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् । ती अस्पताल कम्तीमा १५ शय्याका हुनेछन् । स्वास्थ्य क्षेत्रमा चालु आर्थिक वर्षमा रु ४६ अर्ब बजेट रहेकामा आगामी आर्थिक वर्षका लागि घटाएर रु ४२ अर्बको सीमा दिइएको छ ।

७५३ वटै स्थानीय तहमा चार वर्षभित्र अस्पताल र सेवा पुर्‍याउन आवश्यक बजेट तर्जुमा गर्न पहल भइरहेको उल्लेख गर्दै उनले भनिन्, “आधारभूत स्वास्थ्य सेवालाई वडा तहसम्म पुर्‍याइनेछ । सबै वडामा स्वास्थ्य इकाइ खडा गर्न प्राथमिकता दिइनेछ ।” हाल दुई हजार ३१२ वडा स्वास्थ्य इकाइबिहीन छन् । मन्त्री अर्यालका अनुसार अब निजी अस्पतालको शुल्क निर्धारण गरिनेछ ।

मन्त्री अर्यालले मन्त्रालयको विरुद्धमा लाग्ने जोकोहीलाई पनि नछाड्ने र सिस्टममा ल्याएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरिने । यसअघिका मन्त्रीहरुले राम्रो काम नगर्दा मन्त्रालयले सोचे जस्तो  उपलब्ध हासिल गर्न नसकेको भन्दै उनले स्वास्थ सेवालाई प्रविधि मैत्रीपूर्ण बनाउन आफु क्रियाशिल रहेको बताइन् । संविधानको मौलिक हकमा रहेका र वाम गठबन्धनको चुनावी घोषणापत्रमा भएका आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य, जनस्वास्थ्य जस्ता विषयमा आवश्यक कानून र नियमको तर्जुमा भइरहेको तथा समितिको संरचनामा रहेका अस्पताललाई एउटै छाता ऐनमा ल्याउन मन्त्रालय तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार  ४ : २४ बजे

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक